
pokhara rangasala
पोखरा-राष्ट्रिय खेलकुद परिषद(राखेप)ले गण्डकी प्रदेशभित्र रहेका खेलकुदका भौतिक पूर्वाधारको अध्ययन निरिक्षण गर्न आवश्यक कार्यदल गठन गरेको छ । गठित कार्यदलले प्रदेशभित्रका खेलकुदका सम्पूर्ण भौतिक पूर्वाधारको अवस्थासहित अध्ययन गरेर रिपोर्ट तयार गर्ने छ ।
जिल्लामा रहेका भौतिक पूर्वाधारलाई बर्गिकरण गरेर परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र स्थानीय सरकारसँग छलफल गरेर निचोड निकाल्ने छ । कार्यदलले खेलकुदसँग सरोकार पक्षसँग समन्वय र सम्वाद गरी २१ दिनभित्रमा प्रतिवेदन पेश गर्नुपर्ने राष्ट्रिय खेलकुद परिषदको पत्रमा उल्लेख छ । परिषदले त्यसको जिम्मेवारी बोर्ड सदस्य राजेश गुरुङको संयोजकत्वमा तीन सदस्यीय समिति बनाई जिम्मेवारी तोकिदिएको छ । सदस्यमा डम्बरबहादुर नेपाली(नायब सुब्बा साविक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति), इन्जिनियर अनिल अधिकारी( जिल्ला खेलकुद विकास समिति) छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को परिच्छेद २ को नियम ९ को (ञ), (ट) र (ढ) साथै राष्ट्रिय खेलकुद विकास नियमावली २०७९को परिच्छेद ४ लाई कार्यान्वयन गर्न गत चैत १८ गते सम्पन्न खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ अनुसार परिषदले समिति बनाई जिम्मेवारी सुम्पिएको हो । समितिले गण्डकी प्रदेशमा भएका पूर्वाधारको बारेमा अध्ययन गर्ने छ । “गण्डकी प्रदेशमा भएका पूर्वाधार बारे अध्ययन गरेर प्रदेश सरकार, स्थानीय सरकार(महानगर, नगर तथा गाँउपालिका) तथा खेलकुदका सरोकार पक्षसँग समन्वय गरेर रिपोर्ट तयार पार्ने छौं ।” समितिका सदस्य डिबी नेपालीले बताए ।
उनका अनुसार पूर्वाधारलाई अन्तराष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने, राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने बारे अध्ययन गरिने छ । अध्ययन पश्चात परिषदले कास्कीको हकमा प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका र सम्बन्धित गाँउपालिकालाई भोगाधिकार दिने बारेमा समेत छलफल गरी प्रतिवेदन मार्फत राय पेश गरिने उनको भनाई थियो । “भएका पूर्वाधारको बर्गिकरण गरी परिषदको मातहतमा राख्ने, प्रदेश खेलकुद परिषद गण्डकीलाई भोगाधिकार दिने, महानगरपालिकालाई पनि संरक्षणको दायित्व दिने विषयमा छलफल केन्द्रीत हुने छ ।” उनले भने—“छलफलमा आएका सुझाव अनुसार नै प्रतिवेदन तयार पारेर परिषदमा पेश हुने छ । परिषदले अन्तिम निर्णय गर्ने छ ।” खासगरी राखेपको लगानी भएको पूर्वाधारलाई विशेष अध्ययन गरिने छ ।
पोखरा रंगशाला(४१७ रोपनी)लाई अन्तराष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने छ । पोखरा रंगशाला बाहेक कास्कीको ढिकुरपोखरी खेल मैदान, हेमजास्थित गौरीशंकर खेल मैदान, लामाचौरस्थित गोस्ते खेल मैदान, भण्डारढीक खेल मैदान लगायतकाा पूर्वाधार छन् । ती पूर्वाधारमा परिषदले लगानी गरेका छन् । राखेपले भण्डारढीक खेल मैदानलाई प्रदेश खेलकुद परिषद गण्डकीलाई भोगाधिकार दिने योजना बनाएको छ । त्यस्तै ढिकुरपोखरीको खेल मैदानलाई स्थानीय अन्नपूर्ण गाँउपालिका, हेमजास्थित गौरीशंकर खेलमैदानलाई स्थानीय सरकार(महानगरपालिका)लाई दिने योजनासहित छलफल अगाडि बढाउन समिति गठन गरिएको समितिका सदस्य डिबी नेपालीको बुझाई छ ।
पछिल्लो समय ४१७ रोपनी क्षेत्रफलको पोखरा रंगशालाको स्वामित्वका विषयमा परिषद र प्रदेश खेलकुद परिषद गण्डकी बीच खिचातानी शुरु भएको छ । परिषदले प्रदेशलाई पोखरा रंगशालाको भोगचलन दिने विषयका कुनैपनि निर्णय भने गरेको छैन् ।
पोखरा रंगशालालाई अन्तराष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न प्रयोग गर्ने उद्देश्यसहित परिषदले आफनै मातहतमा राखेको छ । परिषदले समितिले अध्ययन गरी सरोकार पक्षसँग छलफल पछि प्राप्त सुझाव अनुसार नै पोखरा रंगशाला बाहेकका पूर्वाधारलाई भोगाधिकार दिने सम्भावना रहेको छ । समितिका सदस्य नेपालीका अनुसार पूर्वाधार के कस्तो अवस्थामा छ अध्ययन गर्ने छ । प्रदेशका ११ वटै जिल्लाको पूर्वाधारको अवस्था अध्ययन गर्न परिषदका सदस्य सचिव टंकलाल घिसिङले परिपत्र गर्दै समितिलाई जिम्मेवारी सुम्पिएको हो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…