
पोखरा-पृथ्वीनारायण (पीएन) क्याम्पसको विद्यार्थी कल्याण तथ खेलकुद शाखाको संयोजनमा आयोजित अन्तरसंकाय खेलकुद प्रतियोगिता आइतबार सकिएको छ ।
अन्तरसंकाय खेलकुद प्रतियोगिताका संयोजक तथा क्याम्पस विद्यार्थी कल्याण प्रमुख बोधराज ढकालका अनुसार पाँचदिनसम्म चलेको प्रतियोगितामा पाँचकिलोमिटरको सडक दौड, छात्र क्रिकेट, भलिबल, बास्केटबल र फुटबलका खेलहरु भएका थिए ।
प्रतियोगिताम सेभेन ए साइड छात्रा फुटबलमा बिएएलएलबी प्रथम र बिबिए टिम दोस्रो भएको थियो । त्यस्तै छात्र फुटबलतर्फ बिबिएस ‘बि’ टिम प्रथम र बिबिएस ‘ए’ टिम दोस्रो भएको थियो । त्यस्तै छात्रा भलिबलमा बिएड प्रथम र बिबिए द्वितीय, छात्र भलिबलमा बिबिएस प्रथम र बिएड द्वितीय, छात्रा बास्केटबलतर्फ बिएस्सी प्रथम र बिबिए द्वितीय, छात्रतर्फ बिए र बिसिएको टिम प्रथम र बिबिएस द्वितीय छात्र क्रिकेटमा बिएएलएलबी प्रथम र बिएस्सी द्वितीय भएका थिए ।
प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि वनविज्ञान अध्ययन संस्थानका डिन प्राडा वीरबहादुर खनाल क्षेत्री सहित क्याम्पस प्रमुख प्राडा सरोज कोइराला लगायत, प्राक्यापक तथा विद्यार्थी प्रतिनिधिले विजेता टिमलाई पुरस्कार दिएका थिए । पुरस्कार वितरण समारोहमा पुरस्कृत खेलाडिलाई मेडल, प्रमाणपत्र, नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । उक्त अवसरमा प्रमुख अतिथि खनालले प्रतियोगिताको स्वरुप र संचालनको प्रशंसा गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…