
(प्रदेश खेलकुद परिषद लोगो)
पोखरा-अर्को वर्षको मंसिरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेत रंगशालामा हुदैै छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्ने जनाउँदै गण्डकी प्रदेश खेलकुद परिषदले आवश्यक बजेट माग गर्ने निर्णय गरेको छ । प्रदेशले मन्त्रालयसँग ३ करोड ६० लाख रुपैयाँ माग गर्ने समेत प्रदेश खेलकुद परिषदको बोर्ड बैठकले निर्णय गरेको छ ।
बैठकले बाग्मती प्रदेश खेलकुद विकास बोर्डद्धारा आगामी फागुन २४–३० गते सम्म आयोजित अन्तर प्रदेश राष्ट्रिय खेलकुद–२०८० मा गण्डकी प्रदेशले सबै खेलका विधामा सहभागिता जनाउने निर्णय गर्दै उक्त प्रतियोगितामा भाग लिने खेलाडी छनौटको लागि जिल्ला र प्रदेश स्तरीय छनौट प्रतियोगिता संचालन तथा सहभागिताको लागि आवश्यक पर्ने बजेट रु ३ करोड ५० लाख प्रस्ताव गरी सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मार्फत प्रदेश सरकारसंग माग गर्ने निर्णय समेत् गरेको छ भने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीका लागि ३ करोड ६० लाख समेत मन्त्रालयमा प्रस्ताव पेश गर्ने परिषदले जनाएको छ । बोर्ड बैठकले प्रदेश खेलकुद परिषद गण्डकी सल्लाहकारमा हरिप्रसाद पराजुली र ओलम्पियन टिका बोगोटीलाई मनोनयन गरेको छ ।
परिषदमा सुचिकृत भएका २ यस ४३ जना रेफ्री तथा ३ सय ५१ जना प्रशिक्षकहरुलाई दुर्घटना हुँदाको अवस्थामा आकस्मिक विमा अन्तर्गत औषधी उपचार र क्षतीपुर्ती राहतका लागि बार्षिक बिमा गर्ने गराउने व्यवस्था तथा परिषद र जिल्ला खेलकुद विकास समितिबाट स्विकृति लिई गण्डकी प्रदेश अन्तर्गत पर्ने ११ वटै जिल्लामा राष्ट्रिय, प्रदेश, जिल्ला स्तरीय वा अन्तर जिल्ला प्रदेश स्तरीय वा अन्तर प्रदेश राष्ट्रिय वा रा।खे।प।बाट आयोजित राष्ट्रिय प्रतियोगितामा सहभागी हने खेलाडीहरुको सामुहिक आकस्मिक विमा कार्यक्रम कार्यान्वयन गर्ने गरी निर्णय गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…