
पोखरा-साठी प्लस बुढा तन्नेरी ब्याडमिन्टन क्लबको आयोजनामा पोखरामा पहिलो पटक ६० प्लस उमेर समुहको बुढा तन्नेरी मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८० हुने भएको छ । पोखरा मुस्ताङचोकमा रहेको पोखरा स्पोट्र्स एण्ड व्याडमिन्टन क्लव (सिरमोर हल) मा यही फागुनको १२ गते अर्थात शनिबार उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
उक्त प्रतियोगितामा देश भरबाट २४ टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष रुद्र बहादुर घलेले बताए । प्रतियोगिताको विजेता जोडीले ३० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । प्रतियोगितामा उपविजेताको जोडीले २० हजार र तेश्रो हुने दुई जोडीको टिमलाई समान १०÷१० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको प्रतियोगिताका संयोजक श्याँमकृष्ण श्रेष्ठले बताए । प्रतियोगितामा ५० प्रतिशत जसो पोखरा क्षेत्रका र ५० प्रतिशत जसो काठमाण्डौं, चितवन, स्याङजा, भैरहवा, धार्दिङ लगायतका क्षेत्रबाट सहभागि हुने क्लवले जनाएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, खेलकुद नै जीवन हो, खेल खेली स्वस्थ रहौं” भन्ने नाराका साथ व्याडमिन्टन खेलको प्रबद्र्धन गर्न आफुहरु एक जुट भएको क्लवका सल्लाहकार माधव पहारीले बताउनु भयो । पोखरा खेलकुदको राजधानी शहरको रुपमा विकसित हुँदै गदाँ थप आकर्षणको लागि र खेल विकासको लागि ६०’ बुढा तन्नेरी ब्याडमिन्टन क्लबले राष्ट्रिय रुपमा ६०’ को मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना गर्न लागेको सो प्रतियोगिताले पोखरा शहरमा थप इतिहास रच्ने भएको अध्यक्ष घलेले दाबी गरे ।
यस खेलको माध्यमबाट एक आपसमा भाइचाराको वृद्धि भई मित्रभाव सद्भाव बढाउने क्लवले विश्वास लिएको छ । क्लबमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेलिसक्नु भएका खेलाडीहरु पनि सदस्य भएकोले व्याडमिन्टन खेलको विकासमा आफुहरु कटिवद्ध भएको सचिव दुर्गा बहादुर गुरुङले बताए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…