
पोखरा-गोरखामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण गरिएको छ । द ओसन क्लबले विभिन्न सहयोगी मनहरुबाट संकलित आर्थिक सहयोगबाट एस्ट्रोटर्फ(कृत्रिम घाँसे मैदान) बनाएको हो । कृत्रिम घाँसे मैदान निर्माणसँगै गोरखामा फुटबलका ग्रासरुट कार्यक्रम शुरु गरिएको छ ।
क्लबले गोरखाको गोरखा नगरपालिका वडा नं ९ स्थित लक्ष्मीबजारमा कृत्रिम घाँसे मैदान निर्माण गरेको हो । ३८ लाख रुपैयाँ नगद तथा १० लाख रुपैयाँ जिन्सी सहयोगमा क्लबले फुटबल मैदान निर्माण गरेको क्लबका अध्यक्ष अमित खत्रीले बताए । ‘क्लबले बनाएको मैदान नेपालकै पहिलो हो भन्ने हाम्रो दावी छ ।’ उलने भने—‘कृत्रिम घाँसे मैदान निर्माणले बालबालिकालाई फुटबल प्रशिक्षण गराउन सहज भएको छ ।’ उनका अनुसार व्यवसायिक भन्दा पनि फुटबल प्रशिक्षणलाई बढी प्राथमिकता राखिएको छ। डाडाँ नै खारेर खेल मैदान तयार गरिएको उनको भनाई थियो ।
अध्यक्ष खत्रीका अनुसार मैदान ४३ मिटर लम्बाई र २३ मिटर चौडाईको छ । टर्फयुक्त मैदानमा क्लबले खास गरी यु १० देखि यु १६ सम्मको उमेर समूहको प्रशिक्षण गराउँदै आएको छ । निशुल्क प्रशिक्षण गराईएको छ । क्लबले मर्मत सम्भारको लागि प्रशिक्षण बाहेकको समयमा मैदान प्रयोग गर्ने संघसस्थासँग प्रतिघण्टा १ हजार रुपैयाँ शुल्क लिइने जानकारी दिए । ‘मैदान हामीले व्यवसायिक रुपमा प्रयोग गरेका छैनौ’ उनले भने—‘ग्रास रुटका कार्यक्रम सञ्चालन गरिएको छ ।’ उनका अनुसार मैदानमा खासगरी सेभेन ए साईड फुटबल खेलाउन सकिन्छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…