
पोखरा-पोखरामा आयोजित यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन बन्न सफल भएको छ । एथलेटिक्सतर्फ गण्डकी प्रदेश ४ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित टिम च्याम्पियन बन्यो ।
गण्डकी टिम च्याम्पियन बन्न अनुष्का अधिकारीले दुई स्वर्ण पदक दिलाइन् । उनले छात्रा २ सय मिटर र ४ सय मिटर रिलेमा स्वर्ण पदक दिलाईन् । गण्डकीले समग्रमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल ग¥यो । लुम्बिीनी प्रदेशले ३ स्वर्ण हासिल गर्दै दोस्रो स्थान हासिल ग¥यो । लुम्बिनीले २ रजत र ६ कास्य हासल ग¥यो ।
समान ३ स्वर्ण हासिल गरेको कर्णाली कुल पदकको हिसाबमा तेस्रो स्थान हासिल ग¥यो । कर्णालीले ३ स्वर्णसहित २ रजत र १ कास्य पदक हासिल गरेको हो । मधेश प्रदेश र कोशी प्रदेश र सुदुरपश्चिम प्रदेशले समान १ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गरे । बागमती प्रदेश भने १ स्वर्ण १ रजत र २ कास्यसहित अन्तिममा रह्यो ।
बिहीबार भएको २ सय मिटर छात्र दौडमा गण्डकीका सुशान्त बोटेले २४.३३ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । लुम्बिनीका अभय रानाले २४.८० सेकेन्ड तथा तथा बागमतीका अजित ठाकुरले २५.१६ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य हासिल गरे । छात्रातर्फ पनि गण्डकीकी अनुष्का अधिकारीले २७.६२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जित्दा सुदुरपश्चिमकी रितु जोशीले २८.५४ सेकेन्ड र लुम्बिनीकी जमुना लोधले २९.४७ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य हासिल गरे ।
८ सय मिटर छात्र तर्फ बागमतीका सुनिल विकले २ मिनेट ९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । कर्णालीका अनिल शाहीले २ मिनेट ११ सेकेन्डमा दुरी पुरा गर्दै रजत तथा लुम्बिनीका विशाल थारुले २ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरे । छात्रातर्फ २ मिनेट ३६ सेकेन्डमा दुरी पुरा गर्दै कर्णालीकी पुर्णिमा बुढाले स्वर्ण जितिन् । गण्डकीकी कञ्चन भण्डारीले २ मिनेट ४७ सेकेन्ड र मधेशकी आशा शाहले २ मिनेट ५० सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य जितिन् ।
सटपुट छात्रतर्फ कोशीका छिरिङ शेर्पाले १०.५७ मिटर थ्रो गर्दै स्वर्ण जिते । गण्डकीका गणेश श्रेष्ठले ९.४० मिटर तथा लुम्बिनीका पारसबहादुर शाहीले ९.३६ मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक हासिल गरे । छात्रातर्फ लुम्बिनीकी सम्झना थारुले ८.३७ मिटर थ्रो गर्दै स्वर्ण जितिन् । कर्णालीकी उर्मिला राजीले ७.७३ मिटर र गण्डकीकी युना सारु मगरले ७.६० मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक हासिल गरे ।
छात्रा तर्फ चारसय मिटर रिलेमा स्वर्ण पदक हासिल ग¥यो । गण्डकीको सुजता कुमाल, आरती विक, एन्जल विक र अनुष्का अधिकारी टोलीले कुल ५६.५९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण हासिल गरेको हो ।
कोशी प्रदेशका सुस्मा निरौला, सिर्जना विश्वकर्मा, विनिशा रिजाल र निकिता एक्तेन लिम्बुको जोडीले ५७.११ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल ग¥यो । कर्णालीका रिना राना, उर्मिला राजी, हिरा बुढा र सरिता शाही ५७.८८ सेकेन्डमा दुरी पुरा गर्दै कास्य हासिल गरे ।
छात्रतर्फ लुम्बिनीका सुभम बमरेल, अभय राना, सुशान्त थारु र श्लोक हरिजनको टोलीले ४६.३२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक दिलाए । गण्डकीका इस्पीन पौडेल, अभिषेक धनेत, अंकित रानाभाट र सुशान बोटेको टोलीले ४७.२३ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक दिलाए । सुदुरपश्चिमका चित्र बहादुर केसी, बरुण दत्त राना, अभिषेक लुहार र खगेन्द्र रावतको टोलीले ४७.५५ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक दिलाए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…