
पोखरा-पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको छ । । असार ८ र ९ गते दुई दिवसीय रुपमा सञ्चालन हुने एस ई ई कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले एस ई ई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर विद्यालयले प्रतियोगिता आयोजना गरकामा खुशी व्यक्त गरे ।
उनले खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तराष्ट्रिय ख्याति स्थापित गर्दै अगाडि बढ्न खेलाडीहरुलाई प्रेरित गरे । खेलकुदको विकासका लागि २७ नं वडाले पनि विभिन्न खेल अभियानमा जोड दिएको उनले वताए । कार्यक्रममा प्रिन्सिपल बिकल पौडेलले कार्यक्रममाथि प्रकाश पार्दै पढाइका साथै अतिरिक्त क्रियाकलापको महत्व वताएका थिए भने नेशनल प्याब्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङ,सदस्यहरु अर्जुन अधिकारी, रमेशराज पौडेल, विद्यालयकी संस्थापक एवम् सञ्चालक अध्यक्ष देवी खड्का, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिलकसिंह गुरुङ, राइजिङ्ग स्टार युवा क्लबका अध्यक्ष यमप्रसाद गुरुङ्ग, कक्षा ११, १२ संयोजक बिष्णुहरि पौडेल लगायतले शुभकामना दिएका थिए ।
नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबारको उद्घाटन खेलमा ज्ञानज्योति विद्याकुञ्जले डायमण्ड मोडेल स्कुललाई २ शुन्य गोल अन्तरले पराजित ग¥यो । यसै गरी दोस्रो खेलमा वि एम जी लाई गोगनले ४–१ को अन्तरले हराएको छ । डायमण्ड सेकेण्डरी र त्रिवेणी पब्लिक विचको तेस्रो खेलमा डायमण्ड सेकेण्डरीले ट्राइवेकरमा ३–२ ले जितेको छ भने आयोजक लिटल फ्लावरको टिम, हाइ वे गार्डेन र न्यू लेखनाथ पब्लिक ए ले वाक ओभर पाएर अगाडि बढेका छन् । जनप्रकाश र गुरुकुल विचको खेलमा ३–० ले गुरुकुलले जित हात पारेको छ । त्रिभुवन शान्ति र जुनियर सिटीजन्स विचको खेलमा २–० ले जुनियर सिटीजन्स अघिल्लो चरणमा प्रवेश गरेको छ ।
फाइनल खेल आइतवार हुने खेल संयोजक विचित्र न्यौपानेले जानकारी दिएका छन् । लेखनाथ क्षेत्रका १९ विद्यालयका एस ई ई दिएर बसेका विद्यार्थीहरुका समूहले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुनेले १५ हजार र होस्रो हुनेले १० हजार रुपैयाँ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रिन्सिपल पौडेलले वताए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…