
पोखरा-पोखरा रंगशाला क्रिकेट मैदानमा दुई नयाँ पीच निर्माण शुरु गरिएको छ । कास्की जिल्ला क्रिकेट संघले भईरहेको पीचको पूर्व र पश्चिम तर्फ एक एक पीच थप्ने गरी काम शुरु गरेको छ ।
नयाँ दुई पीच तयार भएपछि छ वटा हुने छ । अहिले चार वटा पीच छन् । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलका अनुसार पोखरामा फ्रेन्चाईज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग(पिपिएलं शुरु हुनुभन्दा अघि दुईवटा पीच थिए । चार वटा पीचको बेस(आधार) भएपनि संघले दुईवटा मात्रै निर्माण गरेको थियो । पोखरामा पिपिएल शुरु भएपछि थप दुई वटा पीच तयार पारिएको थियो ।
नयाँ दुई पीचको लागि संघले दुईलाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । नयाँ पीच तयार भएपछि क्लबस्तरीय, विद्यालयस्तरीय र प्रशिक्षणको लागि प्रयोग गरिने संघका अध्यक्षा सिग्देलले जानकारी दिए । ‘पहिला दुईवटा थियो । पिपिएलसँगै दुई वटा थपियो’ उनले भने—‘अहिले दुई वटा नयाँ पीच थप्दै छौं ।’ नयाँ पीच थपिएपछि प्रशिक्षणको लागि सहज हुने विश्वास संघले लिएको छ ।
पीच क्युरेट प्रदिप राउतका अनुसार तीन हप्ताभित्रमा पीच तयार गरिने छ । ‘फ्लायट पीच बनाउने हो । त्यसैले धेरै समय लाग्दैन् । एउटा बनाउन एक हप्तामा सक्ने गरी काम गर्छौ ।’ उनको भनाई थियो । उनका अनुसार पानीले काम नबिथोल्यो भने दुई पीच तीन हप्तामै तयार गर्ने छौं । भईरहेका चारवटा पीचमा प्रतियोगिताहरु सञ्चालन गर्ने र अन्य दुईवटामा भने प्रशिक्षणको लागि उपयोग गरिने उनले बताए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…