
पोखरा-आगामी मंसिर २ गतेदेखि कर्णालीको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक भईसकेको छ । यद्यपी केही खेल कहाँ आयोजना गर्ने भन्ने निर्णय अझै भएको छैन् ।
सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार तयार गरेपनि केही खेलका पूर्वाधान भने नहुदाँ कहाँ आयोजना गर्ने भन्ने निर्णय भएको छैन् । सुर्खेत, दैलेख,सल्यान, जुम्ला, कालिकोट र रुकुम पश्चिमा आयोजना गर्ने तय भएको छ ।
लन टेनिस, सफ्ट टेनिस, जिम्नाष्टिक, स्क्वास, आर्चरी, फेन्सिङ, सेपाक ताक्रो, सुटिङ, गल्फ, साईक्लिङ र प्याराग्लाईडिङ प्रतियोगिता आयोजन ागर्ने मिति तय भएपनि खेलस्थल भने टुंगो लगाइएको छैन् ।
फुलकन्टक्ट कराँते र बुद्धिचाल जुम्लामा हक्की हुम्ला आयोजना गर्ने निर्णय गरिएको छ । टेवलटेनिस सल्यानमा, कबड्डी दैलेख, कराँते कालिकोट र आईटिएफ तेक्वान्दो रुकुम पश्चिममा गर्ने राष्ट्रिय खेलकुद परिषदले निर्णय गरिसकेको छ । खेल कार्तिक २७ गतेदेखि नै शुरु गर्ने निर्णय समेत भईसकेको छ । आर्चरी भने पोखरामा आयोजना गर्ने सम्भावना छ ।
पोखरा रंगशालाभित्रको आर्चरी मैदान एकमात्र अन्तराष्ट्रियस्तरको हो । जहाँ १३ औं दशिण एशियाली खेलकुद प्रतियोगिता आयोजना हुदाँ खेलाईएको थियो । कर्णाली खेलकुद परिषदले राष्ट्रिय गौरवको आयोजना अनुसार नै सुर्खेत रंगशाला निर्माण गरेको छ । एक अर्ब ७० करोडको लागतमा फुटबल मैदानसहित एथलेटिक्स ट्रयाक, स्वीमिङ पुल, बहुउद्देश्ीय कभर्ड हल लगायतका पूर्वाधार तयार गरेको छ । रंगशाला भन्दा बाहिर क्रिकेट मैदान निर्माण गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…