
पोखरा-कास्की ११ लेखनाथमा आयोजित २५ औं आदर्श कपको सेमिर्फानल प्रवेश गरेको छ । सोमबार भण्डारढीक खेल मैदानमा भएको प्रतिस्पर्धामा कास्कीले स्याङजको होईजन क्लबलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
आर्दश युवा क्लब भण्डारढीकको आयेजनामा सञ्चालित प्रतियोगितामा अन्तिम क्र्वाटरफाईनल खेल नेपाल प्रहरी र एन्फा गोरखाका बीच हुने छ ।
कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले गोल गरेका थिए ।खेलको पहिलो हाफको अन्तिम समयमा कास्की–११ का मुकुन्द निउरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सेकेण्ड हाफको ७६ औं मिनेटमा पुन कास्की कै अनिस तामाङले दोश्रो गोल थप्दै टोलिको जित सुनिश्चित गरेका हुन । यसपछि अब कास्की फुटवल संघले सेमिफाईनलमा उद्घाटन खेलमा बिजयी भएको आयोजक आदर्श युवा क्लवको टिम सँग प्रतिष्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।
निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…