
पोखरा-आगामी माघ दोस्रो साता आयोजना हुने पाँचौ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गरिएको छ । बिधागत तर्फको पुरस्कार पनि बृद्धि गरिएको छ । प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुने छ ।
टाइगर गु्रप अफ पोखरा नेपालले माघ १२ देखी १९ गते सम्म हुने प्रतियोगिताको पुरस्कार राशि ३० हजारका दरले बृद्धि गरिएको छ । बिधागत तर्फ भने नगण्य बढाईएको छ । संस्थाका सचिव डि.बी नेपालीको अनुसार पुरस्कार राशी महिला तथा पुरुष बिजेताले नगद ५ लाख ८५ हजार ५ सय ५५ सहित ट्रफी, प्राप्त गर्ने छन भने उपबिजेता महिला तथा पुरुष टोलीले दुई लाख ८५ हजार ५ सय ५५ र तेस्रो हुने टोलीलाई भने नगद १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ ।
विधागत तर्फ सर्वोत्कृष्ठ खेलाडीद्वयले २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्दा सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाईकर र प्रशिक्षकले १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने संस्थाले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, श्रीलंकन आर्मी टिम, भारत/चीन तथा माल्दिभ्सको एक टोलीले सहभागिता जनाउने उनले जानकारी दिए । महिला तर्फ सम्भावित टोलीमा गण्डकी प्रदेश/एभरेष्ट बोर्डिङ स्कुल, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, भारतीय एक टिम र थाईल्याण्डको एक टोली रहने छन् ।
पुरुष तर्फ गत वर्ष हेल्प नेपालले गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो भने महिला तर्फ नेपाल एपीएफ क्लबले न्यु डायमण्ड युथ स्पोर्टसलाई पराजित गर्दै उपाधि जितेको हो । राृउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको कुल एक करोड २ लाख खर्च हुने आयोजना टाईगर ग्रुप अफ पोखराले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…