
फ्रि हिटः बास्केट गर्ने प्रयासमा गण्डकीका खेलाडी ।
पोखरा-पोखरामा पहिलो पटक आयोजित पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । बुधबार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा बागमती प्रदेशलाई ८१( ७८ स्कोरमा पराजित गर्दै उपाधि आफनो नाममा लेखायो ।
प्रदेश बास्केटबल संघ गण्डकीको आयोजनामा सञ्चालित प्रतियोगितामा ६ प्रदेशको सहभागिता रहेको थियो । पहिलो क्वार्टरदेखि नै अग्रता लिएपनि गण्डकीले जितको लागि निकै संघर्ष गर्नुपरेको थियो । विजेता बनेको गण्डकीले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको बागमतीले भने ६६ हजार ६ सय ६६ रुपैयाँ पायो । लुम्बिनी प्रदेश भने तेस्रो स्थानमा रहँदै ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ ।
विजेता टोलीलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रदेश बास्केटबल संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…