
पोखरा-नेपाल पुलिस क्लबको ५० औं खेल । आहा रारा गोल्डकपको २५० औं खेल । यो ऐतिहासिक खेलमा पुलिस एक पटक पोखराको मैदानमा भाग्यमानी रह्यो । नेपाल पुलिस क्लबले ऐतिहासिक खेल जित्दै इतिहास रचेको छ । आहा राराको २४ औं संस्करणमा आईपुग्दा एघारौं पटक फाइनल प्रवेश गर्ने क्रममा पुलिसले गोल्डकपको २५० औ खेल जित्यो । त्यसो त पोखराको मैदानमा पुलिसले आफनो ५० औं खेल जित्दै सर्वाधिक सफल टोलीमा दरियो ।
चर्च ब्वाईज युनाईटेडलाई १-० गोलले पन्छाउँदै नेपाल पुलिस क्लब गोल्डकपको फाईनलमा प्रवेश गर्यो । खेलको ५८ औं मिनेटमा सन्जीव लामाको गोल दर्शनीय रह्यो । डिबक्स बाहिरबाट हानेको ‘भली’ सिधै पोष्टभित्र छिर्दा चर्च ब्वाईज युनाईटेडका गोलकिपरले मेसो पाउनै सकेनन् । उनको गोल निर्णायक हुदाँ पुलिसले फाईनल खेल्ने निश्चित हुदाँ चर्च ब्वाईज युनाईटेड बाहिरिदैं निराश बन्यो ।
चर्च ब्वाईजले खासै अवसर सृजना गरेन् । ८३ औं मिनेटमा नविन लामाले क्रस बललाई पुलिसका गोलकिपरले बचाउ गरेपछि बराबरीको अवसर गुम्यो । प्रतियोगिताको पूर्वसन्ध्यामा कमजोर आँकिएको नेपाल पुलिस क्लबले सहारालाई उदघाटन खेलमा पराजित गर्दै अगाडि बढ्यो । त्यसपछि सुधारिएको प्रदर्शन दोहोर्याउँदै नेपाल पुलिसले फाईनलसम्मको यात्रा तय गर्यो । सन्जीव प्लयेर अफ दि म्याच घोषित भए ।
सहारा क्लबको आयोजना, हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाको मुख्य प्रायोजन र जयश्री फुड्सको सह प्रायोजन रहेको प्रतियोगिताको दोस्रो सेमिफाईनल खेल थ्रीस्टारले पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्ने छ । विजेताले नेपाल पुलिस क्लबसँग उपाधि प्रतिस्पर्धा गर्ने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…