
पोखरा-पोखरा क्रिकेट क्लबले लेकसाईड क्रिकेट क्लबलाई १३० रनले पराजित गर्दा सांग्रिला क्रिकेट क्लबले राईजिङ पोखरा क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ ।
टस हारेर व्याटिङ पाएको राईजिङले कृष्ण पौडेलको व्याटिङ प्रेरित राईजिङले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनको लक्ष्य प्रस्तुत गर्यो । पौडेलले ५५ बलमा ८० रनको विर्सनलायक प्रदर्शन गरे । ९ चौका र ४ छक्का रह्यो । त्यस्तै विक्रम विमल खत्रीले १८ रन मात्रै बनाए । अन्य व्याटर भने खुलेर खेल्न सकेनन् । लक्ष्मण परियारले सर्वाधिक ४ विकेट लिए । घनश्याम पाण्डेले ३ विकेट आफनो नाममाा लेखाए ।
१४० रनको लक्ष्य पछ्याएको सांग्रिलाले आफनो नियमित कप्तान विपिन खत्री प्लेईङ स्क्वाडमा फर्किएपछि ५ विकेटको जीत सम्भव बनाए । खत्रीले ओपनिङ गर्दै ५० बलमा ७६ रन बनाए । ७ चौका र २ छक्का प्रहार गरे । रिकेश गुप्ताले १५ र अरुण अधिकारीले अविजित १३ रन बनाएपछि ५ विकेटको क्षतिमा जीन पक्का बनाए । समीर भुजेलले २ विकेट लिए । खत्री प्लेयर अफ दि म्याच घोषित भए ।
कास्की टी –२० क्रिकेट लिग अन्तर्गत बिहीबारको दोस्रो खेलमा देव साहको ३ ओभरमा १ मेडन राख्दै केवल ८ रन मात्रै दिएर ५ विकेट लिएपछि लेकसाईडलाई ६० रनमा समेट्दै फराकिलो जित निकाले । टस जितेर व्याटिङ गरेको पोखराका लागि सुवास भण्डारीको उत्कृष्ट प्रदर्शन दोहोरियो । उनले ४८ बलमा ७ चौका र ५ छक्का सहित ८७ रनको योगदान गरे । मुस्कान थापाले २५, रोशन पौडेलले २७ र प्रेम गुरुङले अविजित ३७ रन बनाएपछि लेकसाईडले १९१ रनको विशाल लक्ष्य पाएको थियो ।
सन्तोष जैसीले १२ रन बाहेक अन्य व्याटरले लेकसाईडको लागि दोहोरो अंकको रन बटुलेनन् । देव साह प्लयेर अफ दि म्याच घोषित भए । कास्की जिल्ला क्रिकेट संघको आयोनजामा पोखरा रंगशाला क्रिकेट मैदानमा सञ्चालित प्रतियोगितामा शुक्रबार दुई खेल हुने छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…