
पोखरा-यही फेब्रुअरी २३ मा पाकिस्तानको इस्लामावादमा आयोजना हुने साफ क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागिता जनाउने दुई पोखरेली एथलेट पाकिस्तान प्रस्थान गरेका छन् । यु २० तर्फ ८ किलोमिटर प्रतिस्पर्धाको लागि बादल कार्की र कृष्णबहादुर परियार सभागिताको लागि त्यस तर्फ प्रस्थान गरेका हुन् ।
एथलेटहरुलाई कास्की जिल्ला एथलेटिक्स संघले विदाई गर्यो । संघका अध्यक्ष गजबहादुर गुरुङ तथा सचिव सिद्धान्त अधिकारी एवं प्रशिक्षकहरुले खादा लगाई विदाई गरेका हुन् । धावक दुवै पोखरा रंगशालाको ट्रयाकमा नियमित प्रशिक्षण गर्दै आएका छन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…