
पोखरा- माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा हुने तेस्रो माछापुच्छ«े गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ को तयारी पुरा भएको छ । प्रतियोगिताको स्थानीय व्यवस्थापन माछापुच्छ्रेगाउँपालिका वडा नं. ७ धम्पुस र संयोजन गाउँपालिका भलिबल संघ लाहाचोक कास्कीले गरेको छ । फागुन १४ देखि १७ गते सम्म हुने उक्त प्रतियोगितको तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा पुरुष तर्फ १४ र महिला तर्फ ५ टिमले सहभागि जनाउने माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पालिकाबाट दुई जना राष्ट्रिय खेलाडिको समावेश गराउन पाउने व्यवस्था गरिएको छ ।‘यो प्रतियोगितामा दुई जान वाहिरी खेलाडी पनि राख्ने व्यवस्था मिलाइएकोले राष्ट्रिय स्तरका खेलाडी पनि प्रतियोगितामा सहभागिता जनाउने छन्’ अध्यक्ष गुरुङले भने,‘राष्ट्रिय खेलाडीको सहभागित हुने भएकोले प्रतियोगिता थप रौनकता छाउने हामीले विश्वास लिएका छौ ।’
प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०÷५० हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ । त्यसैगरी महिला तर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५÷२५ हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।
पुरुष तथा महिला भलिवलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरुस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्नका लागि गाउँपालिकाले १३ लाख रुपैया विनियोजन गरेको अध्यक्ष मिन बहादुर गुरुङले जानकारी दिए ।
दोस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८० मा बौदीकाली गाँउपालिका नवलपुर प्रथम, र गल्कोट नगरपालिका बाग्लुङ दोस्रो भएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…