
नेपालगन्ज-जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेसको मुख्य उपाधि जंगु थारू र रुपा थारूले जितेका छन् ।
पाँच किलोमिटर दुरीको क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२.५८ मिनेटमा निर्धारित दुरी पूरा गरि प्रथम हुँदा विशाल थारू५७.५६० दोस्रो र बिमलेस यादव ५७.५८० तेस्रो भए । शीर्ष तीन खेलाडीलाई क्रमश नगद रु सात हजार, पाँच हजार र तीन हजारका साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरियो ।
त्यसैगरी इलाइट महिलातर्फ रुपाले ४३.३६ मिनेटको समय निकालेर कोर्ष पूरा गर्दा कविता सार्कीले ४६.४२ मिनेटको समय निकाल्दै दोस्रो र सीता सार्की ४७.२८ मिनेटसहित तेस्रो भइन् । शीर्ष तीन जनाले क्रमश नगद सात हजार, पाँच हजार र तीन हजारका साथै पदक, प्रमाणपत्र पाउन सफल भए ।

नेपालगन्ज नजिकै डुडुवा गाउँपालिकामा अवस्थित ट्रेल कोर्षमा भएको रेसमा मास्टरतर्फ देव बोहरा (३४.३१०) पहिलो, दीपक मल्ल (३८.४२०)दोस्रो र विशाल श्रेष्ठ(९४१.०६०) तेस्रो भए । मास्टर तर्फका शीर्ष तीन जनालाई नगद रु सात हजार, पाँच हजार र तीन हजारका साथै पदक प्रमाणपत्रले कदर गरियो। त्यस्तै भेट्रानतर्फ अजय केसी(४१.०३०), जितेन्द्र थारू (४२.८०) र कविराम थारू (४४.५१०) ले क्रमशः शीर्ष तीन स्थान हासिल गरे ।
युसिआई क्रसकन्ट्री ओलम्पिक फर्म्याटमा सञ्चालन गरिएको रेसमा जुनियर विधामा दिलोचन बोहराले (३५.४४) समय निकाल्दै पहिलो, वीरेन्द्र धोबीले ३५.५५ समय लिई दोस्रो र रन्जित चौहानले ३७.०८ मिनेट समय लिएर तेस्रो स्थान सुरक्षित गरे । भेट्रान र जुनियरतर्फ शीर्ष तीनले पाँच हजार, तीन हजार र दुई हजार नगदका साथै पदक प्रमाणपत्र प्राप्त गरे ।
डुडुवा गाउँपालिका स्थित जंगलमा रहेको यो कोर्ष साइक्लिङका लागि निकै नै सुन्दर र आकर्षक मानिन्छ । साइकल मार्फत पर्यटक भित्र्याउन गाउँपालिकाले यश रेसलाई महत्त्वपूर्ण आर्थिक सहयोग गरेको रेस आयोजक नेपालगन्ज बाइसाइकल्सका प्रमुख गगन थापाले जानकारी दिए । टिम द एजको सहकार्यमा भएको यो रेस हरेक बर्ष सञ्चालन गरिने थापाले बताए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…