
पोखरा-जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा मिलन गुरुङसहित मनोनित आठ जिल्ला अध्यक्षले सपथ लिएका छन् । कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष समेत रहेका गुरुङलाई गण्डकी प्रदेश मन्त्रीपरिषदले अध्यक्षमा गरिएको सिफारिसलाई अनुमोदन गरेको हो । गुरुङले मंगलबार नै सपथ लिए ।
मनोनित अध्यक्षहरुलाई सामाजिक विकास तथा युथा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रदेश खेलकुद परिषद गण्डकीको अध्यक्षको हैसियतमा सपथ ग्रहण गराए । मन्त्री थापाले अध्यक्षमा नवनियुक्त गुरुङसहित अन्यलाई प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा सपथ ग्रहण गराएका हुन् ।
जिल्ला खेलकुद विकास समिति कास्कीमा अध्यक्ष र कोषाध्यक्ष काँग्रेसको कोटामा परेको छ । उपाध्यक्ष र सचिव भने नेकपा एमालेको भागमा परेको थियो । नेकपा एमालेको तर्फबाट उपाध्यक्षमा तिलक क्षत्री र सचिवमा अन्जु केसी मनोनित गरिएको छ ।
त्यस्तै कोषाध्यक्षमा भने काँग्रेसको तर्फबाट विग्नेस थापा मनोनित भएका हुन् । तिलक क्षत्री जिल्ला खेलकुद विकास समिति कास्कीका पुर्व सदस्य हुन भने विग्नेस थापा पनि यस अघिको कार्यसमिति सदस्य रहेर काम गरिसकेका हुन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…