
पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि यु १६ विद्यालयस्तरीय पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको छ । राउण्ड रोविनमा खेलाईएको प्रतिस्पर्धामा पोखरामा पाँच विद्यालयले सहभागिता जनाएका छन् ।
मंगलबारको खेलमा कुमुदिनी होम्सलाई हिमालयन बोर्डिङले ९ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको कुमुदिनी होम्सले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ६५ रनको योगफल तयार पार्यो । मिजास पोखरेलले २० बलमा २० रनको योगदान गरे । हिमालयनका सुदर्शन कोईरालाले ४ ओभरमा १० रन दिएर ४ विकेट लिए ।
जवाफी व्याटिङ गरेको हिमालयनले एक विकेटको क्षतिमा ६९ रन बनाउँदै जित निकाल्यो । केवल ७.१ ओभर खेल्ने क्रममा हिमालयनका सफलसुगम थापाले २० बलमा ४४ रनमा अविजित खेले । त्यस्तै १९ बलमा १४ रन बनाउँदै आयुष पनेरु अविजित रहे । खेलमा सफलसुगम थापा प्लेयर अफ दि म्याच घोषित भए ।
संघले यु १६ विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताबाट जिल्लास्तरीय टोली बनाईने छ । सन २०२५ मा एशियन क्रिकेट काउन्सिलको आयोजनामा हुने एसिसी मेन्स यु १६ इष्टजोन कप २०२५ को सहभागिता जनाउने छ । इष्टजोन कपको लागि नेपाली राष्ट्रिय छनोट गरिने छ । छनोटको पूर्वसन्ध्यामा जिल्लाको टोली तयार हुने संघले जनाएको छ ।
प्रतियोगिताबाट छनोट गरिएको जिल्ला टोलीले जेठको दोस्रो सातादेखि प्रदेशस्तरीय टोली निर्माण गर्न जिल्लाको प्रतिनिधित्व गर्ने छ ।
प्रतियोगिताको उदघाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले उदघाटन गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…