
पोखरा-रोज श्रेष्ठले अर्धशतकीय पारी खेल्दै जितको संघारमा पुगेपनि तनहुँ कास्कीसँग १ रनले पराजित हुँदै अण्डर १६ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताबाट बाहिरिएको छ । कास्कीले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा रोजले अर्धशतक पुरा गर्दै जितको आधार तयार बनाएका थिए । यद्यपी उनी अनिष राउतको बलमा आउट भएपछि तनहुँ जितको संघारमा पुगेर हार व्यहोर्न पुग्यो । सुप्रिम सुनारले २२ रनमा अविजित रहेपनि जितको सम्भावनाबाट टाढा रह्यो ।
कास्कीले पहिलो इनिङमा १३० रन बनायो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा बिहीबार ३५ ओभरको खेलमा १३० रन बनायो । विमोचन सापकोटाले २७ रन बनाए । सौरभ सिद्धिकीले २५ र अनिष राउतले अविजित १५ रन बनाए । सापकोटाले १९ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । बरदान यादवले उत्कृष्ट बलिङ गरे । उनले ५.१ ओभरमा एक मेडन राख्दै १९ रन दिए र४ विकेट लिए । कास्कीलाई सस्तैमा समेट्न उनको प्रदर्शन उत्कृष्ट रह्यो ।
तनहँुले १३१ रनको लक्ष्य पछ्याउने क्रममा १२९ रनमा अलआउट हुदैं निराश बन्न पुग्यो । रोज श्रेष्ठले उत्कृष्ट प्रदर्शन देखाउँदै ५९ रनको पारी खेले । यद्यपी उनले जित दिलाउन चुके । उनी अनिष राउतको बलमा आउट भएपछि तनहुँ हार व्यहोर्ने अवस्थामा पुग्यो । कास्कीका लागि सोनु यादवले ३ विकेट लिए । अनिष राउत, स्मिथ कँडेलले समान २ विकेट लिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…