
पोखरा-चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ बुधबार देखि पोखरामा शुरु हुदैं छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा यही जेठ २१ गते देखि उक्त प्रतियोगिता हुने भएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
३ वटा उमेर समुह र पोखरा महानगरपालिका वडास्तरीय इभेण्टमा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसन तथा फिट नेपालका संस्थापक अध्यक्ष भुगोल गुरुङले बताए । जेठ २४ गतेसम्म फिट नेपाल स्पोट्र्स प्लेक्सको ब्याडमिन्टन कोर्टमा हुने उक्त प्रतियोगिता अन्र्तगत यू—११ एकल छात्र तथा छात्रा तर्फ, यू—१५ र यू—१९ गरी ४ वटा इभेण्टमा एकल छात्र तथा छात्रा तर्फ प्रतिष्प्रर्धा हुने छ ।
प्रतियोगितामा यू—१५ र यू—१९ का विजेता खेलाडीलाई जनही ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुने खेलाडीलाई भने १० हजार पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । पोखरा महानगर वडा स्तरिय (डवल) प्रतिष्प्रर्धामा विजेता हुने, उपविजेता र तेश्रो हुनेलाई क्रमशः ३०, हजार , २० हजार र १० हजार प्रदान गरिने भएको हो । यू—११ तर्फका बिजेतालाई भने आकर्षण पुरस्कार प्दान गरिने भएको छ ।
प्रतियोगितामा पोखरा सहित काठमाण्डौं, चितवन, कपिलबस्तु, भोजपुर लगायतका स्थानबाट करिब १ सय ५० भन्दा बढी खेलाडीहरु सहभागि हुने भएको प्रतियोगिताका संयोजक मधु गिरीले बताए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…