
पोखरा-यही जेठ अन्तिम साता पोखरामा फेरी अर्को राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुदैं छ । अखिल नेपाल खेलकुद महासंघ तथा नेशनल स्पोर्टस एकेडेमीको आयोजनामा जेठ २७ गतेदेखि पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुदैं छ ।
पोखरा रंगशालामा गत माघमा टाईगर कप भलिबल आयोजना गरियो । त्यसपछि लायन्स क्लबले अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्यो । बैशाखमा आयोजनापछि नेपाल भलिबल संघले जेठको दोस्रो नै नवौं प्रधानमन्त्रीकप एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना समापन भएको दुईसातापछि फेरी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारीमा जुटेको नेशनल स्पोर्टस एकेडेमीका अध्यक्ष दिपक कोईरालाले बताउनुभयो ।
उहाँले पोखरालाई खेलकुदको शहर तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र पोखरा भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । खेलकुदमा राजनीति हुनुपर्ने जनाउँदै तर राजनीतिकरण गर्न नहुने भन्दै शीर्ष नेताहरुको नाममा खेलाउँदा राज्यको लगानी हुने दावी गर्नुभयो ।
प्रतियोगिता राउण्ड रोविनमा खेलाईने अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले बताउनुभयो । उहाँले शीर्ष दुईले उपाधिको लागि प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले ३ लाख र तेस्रो हुने टोलीले भने नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद ३० हजार पाउने छ । विधागत तर्फ उत्कृष्ट हुनेलाई भने नगद २० हजार रुपैयाँ जनही प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा तीन विदेशी खेलाडीलाई समावेश गर्न पाईने प्रावधान छ । नेपाल भलिबल संघको स्वीकृतिमा आयोजना हुने यो प्रतियोगितामा तीन विभागीय क्लब, गण्डकी प्रदेश, न्यु डायमण्ड र एभरेष्ट भलिबलले प्रतिस्पर्धा गर्ने आयोजक स्पोर्टस एकेडेमीले जनाएको छ । विस २०७५ सालमा प्रचण्ड प्रधानमन्त्री हुदाँ भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको थियो ।


पोखरा-अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी(२० छनोट प्रतियोगिता आईतबार भएको खेलमा कास्कीले बागलुङलाई ८९ रनको फराकिलो जित निकालेको छ । खेलमा बागलुङकी कप्तान संरचना गिसी तामाङले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। पहिले…