
पोखरा-पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित मन्थ्ली मेडलका अगष्टको पुरस्कार एएसपी भक्तराज गुरुङले जितेका छन् । पार ६९ को कोर्षमा भएको प्रतिस्पर्धामा उनले ३८ स्कोरसहित उपाधि जित्न सफल भए ।

स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा डानियल बानियाँ उपविजेता बने । उनले ३५ स्कोर गरे । तेस्रो स्थानमा भने दिप्सन लामा भए । उनले ३२ स्कोर गरेका थिए ।

ग्रस तर्फको पुरस्कार भने इन्स्पेक्टर जीवराम गुरुङले जित्न सफल भए । विजेता गल्फरलाई लेफ्टिनेन्ट कर्णेल बसन्तराज गुरुङ तथा गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्टले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…