
पोखरा-पोखरामा पहिलो पटक महिला तथा पुरुष ओपन पोखरा टेन के रन (दश किलोमिटर दौड) आयोजना हुदैं छ । कास्की जिल्ला एथलेटिक्स संघले पहिलो पटक दश किलोमिटर दौड आयोजना गर्ने अन्तिम तयारीमा जुटेको छ । यही कार्तिक २९ गते शनिबार दौड आयोजना गरिने संघले जनाएको छ ।
पहिलो पटक आयोजनाको संघारमा रहेको टेन के रनलाई एक्सट्रिम इनर्जी ड्रिङ्कले मुख्य प्रायोजन गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको छ । दौडले धावकलाई नयाँ प्लेटफर्म दिनेसँगै खेल पर्यटन प्रवद्र्धनमा नयाँ आयाम हुने विश्वास आयोजक कास्की जिल्ला एथलेटिक्स संघले जनाएको छ ।

संघका सचिव सिद्धान्त अधिकारीका अनुसार दौड पुरा गर्ने सबै धावकलाई पदकबाट सम्मानित गरिने छ । उत्कृष्ट २५ लाई गिफ्ट ह्याम्पर प्रदान गरिने उनले बताए । महिला तथा पुरुष टेन के रन विजेताले नगद २०, उपविजेताले १५, तेस्रो स्थानमा आउने धावकलाई १०, चौथो स्थानलाई ७ र पाँचौ स्थानमा दौड पुरा गर्ने धावकलाई ५ हजार रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए । त्यस्तै ५ किलोमिटर छात्र तथा छात्रा दौड समेत समावेश गरिएको छ ।
विजेता छात्र तथा छात्राले क्रमश १०, ७, ५, ३ र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संघका सचिव अधिकारीले बताए ।
टेन के रन पोखरा रंगशालाबाट शुरु हुने छ । रंगशाला हुदैं पृथ्वीचोक, सृजनाचोक, जिरोकिलोमिटर, हल्लनचोक, बाराही चोक, शहीदचोक, राष्ट्रबैंक चोक, मुस्ताङचोक हुदैं चोरसाँघु पुल तर्दै रंगशालाको ६ नम्बरगेटबाट प्रवेश गर्दै रंगशालाको ट्रयाकमा पुगेर टुंगिने छ । सोही अवसरमा ५ किलोमिटरको रन फर फन हुने छ ।
संघले गतवर्ष पहिलो पटक मोफसलमा पोखरा ओपन एथलेटिक मिट आयोजना गरेको थियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…