शुक्रबारदेखि क्लबस्तरीय एकदिवसीय क्रिकेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २ गते २०८२ मा प्रकाशित


पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शुक्रबारदेखि क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि जिल्ला छनोटको लागि शुक्रबारदेखि क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुने छ ।

प्रतियोगिताको आवश्यक तयारी पुरा भईसकेको छ । प्रतियोगितामा कास्कीका १० क्लबले प्रतिस्पर्धा गर्ने छन् । पोखरा रंगशाला क्रिकेट मैदान र लेखनाथस्थित इडेन हेवन क्रिकेट मैदानमा सञ्चालन हुने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जनाए ।

शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन खेल राईजिङ क्रिकेट क्लबले नवप्रवेशी एभरेष्ट क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता राईजिङसहित एभरेष्ट, अरण्यज्योति, सांग्रिला, लेकसाईड,पोखरा क्रिकेट क्लबल, कास्की क्रिकेट, माछापुच्छ्रे क्रिकेट, लेखनाथ र गण्डकी क्रिकेट क्लबको सहभागिता रहेको छ । दुई समूहमा रहेको टोलीले समूह ए र समूह बीको विजेताले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ ।