
पोखरा-आगामी चैत अन्तिम साता दोस्रो संस्करणको पोखरा ओपन एथलेटिक्स मिट हुदै छ । कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा चैत २९ र ३० गते पोखरा रंगशालामा आयोजना हुने मिटमा संघले केही नयाँ इभेण्टलाई समावेश गरेको छ ।
ट्रयाक अन्तर्गत एकसय, दुईसय, चार सय, आठ सय, १५ सय मिटर दौडमा महिला तथा पुरुषले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै ३ हजार मिटर(महिला), ३ हजार मिटर स्टिपल चेज, ५ हजार मिटर र १० हजार मिटर पुरुषको इभेण्ट रहेको छ । एकसय मिटर विद्यालयस्तरीय पोखराको मात्रै, ८ सय मिटर दौड (नेपाल फिकिल टे«ेनिङ एशोसियसन—एनपीटिए), ३ हजार मिटर पुरुष(माष्टर्स)ले प्रतिस्पर्धा गर्ने छन् । चार गुणा सय मिक्स रिले पनि प्रतिस्पर्धाको इभेण्ट छ ।
फिल्ड तर्फ हाईजम्प, लङजम्प र त्रिपल जम्प, सर्टपुट, ज्याभलिन थ्रो र डिसकस थ्रो रहेका छन् । कास्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारीका अनुसार आठसय मिटर, तीनहजार मिटर महिला, तीन हजार मिटर स्टिपल चेज, १० हजार मिटर पुरुष दौड, आठसय मिटर(एनटिपीए) ३ हजार मिटर माष्टर्स दौड, मिक्स्ड रिले र डिसकस थ्रो दोस्रो संस्करणमा नयाँ इभेण्टको रुपमा थपिएका हुन् ।
प्रतियोगिताको लागि देशैभरका एथलिटहरुले प्रतिस्पर्धा गर्न पाउने छन् । विभागीय क्लबका खेलाडीले पनि सहभागिता जनाउन पाउने संघका सचिव अधिकारीले बताए । उनले कुनैपनि खेलाडी प्रतियोगिता खेल्नबाट बन्चित नहोस भन्ने उद्ेश्यसहित संघले प्रतियोगिता आयोजना गरेको जिकिर गरे । पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको स्टिपल चेज लामो समयपछि पोखरामा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको थियो ।
जिल्ला एथलेटिक्स संघले पनि दोस्रो संस्करणमा स्टिपल चेजलाई समावेश गरेको छ । पहिलो संस्करणमा लङजम्प तर्फ राष्ट्रिय कीर्तिमान कायम भएको थियो । विभागीय खेलाडी सलिम देवानले पुरानो कीर्तिमान ७ दशमलव १४ मिटरको कीर्तिमानलाई तोड्दै ७ दशमलव १८ मिटर जम्पको कीर्तिमान कायम गरेका हुन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…