
पोखरा-यु १९ महिला साफ च्याम्पियनसिपको उपाधि इण्डियाले जितेको छ । शनिबार पोखरा रंगाशलामा भएको फाईनलमा बंगालदेशलाई ४—० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचाल्यो ।
इण्डियाले च्याम्पियनसिपको ट्रफी उचाल्दै लिगचरणमा बंगलादेशसँग हारको बदला समेत लियो । लिग चरणमा इण्डियालाई शून्यका विरुद्ध दुई गोलले जित निकालेको बंगलादेशले फाईनलमा भने सतप्रतिशत खेल देखाउन भने असक्षम देखियो । गोलकिपरको अक्षम्य गल्तीमा गोल खान पुगेपछि इण्डियाले बंगलादेशमाथि फराकिलो जित सुनिश्चित गर्दै च्याम्पियन ट्रफी उचाल्यो ।
खेलको ४२ औं मिनेटमा इण्डियाले गोलको खडेरी तोड्यो । भरपर्दा मिडफिल्ड एवं कप्तान जुलान नङमाइथेमले गोल गर्दै इण्डियालाई अग्रता दिलाईन् । अल्बादेवी सेन्जामको क्रसपासलाई नियन्त्रणमा लिदैं प्रितिका बर्मनले सिक्सयार्ड बक्समा जुलानलाई बल उपलब्ध गराईन् । कुनैपनि बंगाली खेलाडीको निगरानीको नरहेकी जुलानले सिक्स यार्ड बक्सबाट गोल गरिन् ।
पहिलो गोलबाट हौसिएको इण्डियाले ६३ औं मिनेटमा पेनाल्टीको अवसर प्राप्त गर्यो । सेन्जमलाई पेनाल्टी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई इण्डियाकी एलिजावेद लाक्राले गोल गर्दै अग्रता दोब्बर बनाईन् ।
तेस्रो गोल भने ६८ औं मिनेटमा गोलकिपरको सिल्ली गल्तीमा खान पुग्यो । बंगलादेशी गोलकिपरले क्लियर गर्न ढिलाई गरेको बल पर्ल फर्नाण्डेजसँग रिफ्लेक्ट हुदैं गोलपोष्ट नजिक पुगेको बललाई उनले गोलमा परिणत गरेपछि इण्डिया फराकिलो अग्रता तर्फ उन्मुख रह्यो । चौथो गोल भने बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी अन्विता रघुरमनले गोल गर्दै जित सुनिश्चितता गरिन् । बंगलादेशले ५१ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा सृमोती त्रिसना रानीको प्रहार फष्टबार बाहिर गएपछि बंगलादेशी टोली निराश बन्न पुग्यो ।
अखिल नेपाल फुटबल संघको व्यवस्थापन, कास्की जिल्ला फुटबल संघ तथा जिल्ला खेलकुद विकास समिति तथा पोखरा महानगरपालिकाको समन्वयमा आयोजित च्याम्पियनसिपमा इण्डियाले अनुशासित टोलीको पुरस्कार थाप्यो । बेष्ट गोलकिपरको पुरस्कार इण्डियाकी मुन्नीले पाईन् । सर्वाधिक गोलकर्ता र मोष्ट भ्यालुएयबल खेलाडीको पुरस्कार भने बंगलादेशकी अल्पी अख्तर भईन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…