
पोखरा-यही फागुनको आन्तिम साता अखिल नेपाल फुटबल संघ(एन्फा)को अर्ली इलेक्सन(अगाडि चुनाव)हुदैै छ । चुनावी सरगर्मी बढिरहेकै बेला जिल्ला फुटबल संघले पनि मताधिकारको लागि लबिङ शुरु भईसकेको छ । एन्फाको अर्ली इलेक्सन यही फागुन २७ गते झापामा हुने छ । माघ अन्तिम साता तय भएको चुनाव एकमहिना पछि सरेको हो ।
गण्डकी प्रदेशमा ८ जिल्ला छन् । ८ जिल्ला मध्ये ६ जिल्लाले मात्रै चुनावमा मताधिकार पाउँछन् । तनहुँ र लमजुङ मताधिकार दौडबाट बाहिरिएका छन् । चार वर्ष अघि गोरखा र कास्कीले मताधिकार प्राप्त गर्न सकेका थिएनन् ।
मंगलबार आठ जिल्लाका अध्यक्षसहितको प्रतिनिधिहरुको छलफलबाट मताधिकारको टुंगो लागेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले जानकारी दिए । उनका अनुसार चार वर्ष अघिको नियति कास्कीले अहिले दोहोर्याउन दिएन् । छलफलमा कास्की, नवलपुर, स्याङजा, बाग्लुङ, गोरखा र मनाङले मताधिकारको लागि छनोट भएको केन्द्रीय प्रतिनिधि गोकुल थापाले जानकारी दिए ।
चार वर्ष अघि मताधिकाार प्राप्त नगर्दा फुटबल विकास र फुटबलको पर्वाधार सम्बन्धिका गतिविधिबाट कास्की टाढिएको थियो । मताधिकार प्राप्त नहुदाँ एन्फाले दिने एकलाख डलरको सहयोग(पूर्वाधार निर्माण गर्न) कास्कीले प्राप्त गर्न सकेको थिएन् । जसले कास्कीको फुटबल चार वर्ष पछि धकेलिएको थियो ।
गण्डकी प्रदेशकै फुटबलको हब कास्कीलाई बाईपास गरेर अगाडि बढ्दा प्रदेश नै एन्फाको आर्थिक सहयोगबाट बन्चित हुन पुगेको थियो । आर्थिक सहयोगबाट बन्चित हुदाँ पूर्वाधार विकास र प्रतियोगिता आयोजना गर्ने जमर्को समेत हुन सकेन् । प्रदेशका जिल्ला फुटबल संघहरु एकजुट र एकताबद्ध नहुदाँ सबैभन्दा बढी मार कास्कीलाई परेको थियो ।


धन बस्नेत/कास्की उपहार गोलसँगै जावलाखेल युथ क्लब १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाईनल यात्रा तय गरेको छ । २०६८ सालमा फाईनल यात्रा तय गरेको जावलाखेल युथ क्लबले पोखराको मैदानमा बिहीबार पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १—०…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…