दुईसय ५१ खेल, ६२९ गोल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ३ गते २०८२ मा प्रकाशित


पोखरा-क्याराभान बाहेक सहाराले आयोजना गरेको आहा हुदैं आहारारा पोखरा गोल्डकपमा २५१ खेलको कोशेढुंगा पार गरिसकेको छ । सहाराले क्याराभानसहित आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करण फागुनको ९ गते विधिवत टुग्याउँदा सहारा क्लबले उपाधि रक्षा गरेको थियो ।

दुईसय ५१ खेल सकिदाँ सहभागिता टिमहरुले ६२९ गोल गरेको तथ्यांक छ । गोल पेनाल्टी सुटआउट बाहेक हो । यो तथ्यांक हारजित हुने क्लबहरुको कुल गोलसख्या हो । प्रतिखेल दुई दशमलव ५ गोल औसत देखिन्छ । पच्चीसौं संस्करणसम्म आईपुग्दा सहारा क्लबले पाँच सँस्करण बाहेक बाँकी प्रतियोगितामा बाह्रवटै टिमको सहभागिता रहेको तथ्यांक छ ।

२०७५,२०७६, २०७८ र २०७९ सालमा आयोजना गरिएको आहा रारा गोल्डकपमा भने केवल ९ वटा मात्रै खेल भएको थियो । जहाँ केवल ८ टोलीले मात्रै सहभागिता जनाएका थिए । भूकम्प, नाकाबन्दी र कोभिड संक्रमणकै कारण ती वर्षहरुमा थोरै क्लबहरुको सहभागिता रहेको क्लबले जनाएको छ ।

२०७७ सालमा आयोजित प्रतियोगिता चैत २१ गतेदेखि २८ गतेसम्म आयोजना गरिएको थियो । जतिबेला सबैभन्दा कम खेल ६ मात्रै भएको थियो । त्यतिबेला प्रतियोगिता टुङ्गिदासम्म केवल १५ गोल मात्रै भएको थियो । सबैभन्दा कम गोल भने १९ औं आहा रारा गोल्डकपमा भएको थियो । सहारा क्लबको तथ्यांकलाई केलाउँदा सबैभन्दा बढी गोल दुई गोल्डकपमा भएको छ । दोस्रो र आठौं गोल्डकपमा ३८ गोल भएको थियो ।

मोसफलमा आयोजना गरिने फुटबल प्रतियोगिता यो नै पहिलो निरन्तर प्रतियोगिता हो । अखिल नेपाल फुटबल संघले पनि आफनो क्यालेण्डरमै राखेर नकाउट फुटबल प्रतियोगिताको लागि मिति तय गर्दै आएको छ । नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै आएकोमा दुईमत नहोला ।