
पोखरा-हिमालयन गल्फ क्लबको आयोजनामा सञ्चालित मे महिनाको गल्फ मन्थ्ली मेडलको उपाधि दिप्सन लामाले जितेका छन् ।
पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा लामाले ३६ स्कोरसहित उपाधि जितेका हुन् । उनले रनर अफ सुजन थापालाई एक स्कोरले पछि पार्दै उपाधि जितेका हुन् ।
स्टेबल फोर्ड फूल ह्याण्डीक्यापको आधारमा खेलाईएइको प्रतिस्पर्धामा थापा ३५ स्कोरसहित उपविजेतामा चित्त बुझाए । उनीहरुलाई कास्की जिल्ला गल्फ संघकी द्धितीय उपाध्यक्ष बालकाशी गुरुङले ट्रफी प्रदान गरिन् ।
हिमालयन गल्फ क्लबले मासिक रुपमा कोर्षमा आफना सदस्यहरु बीच प्रतिस्पर्धा गराउँदै आएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…