जीवारामलाई जुलाई मन्थ्ली मेडल गल्फ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ९ गते २०८३ मा प्रकाशित


पोखरा-हिमालयन गल्फ कोर्ष मझेरीपाटनमा शनिबार आयोजित जुलाई मन्थ्ली मेडल गल्फको उपाधि इन्स्पेक्टर जीवाराम गुरुङले जितेका छन् । पार ६९ को कोर्षमा स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाइएको प्रतिस्पर्धामा ३५ स्कोरसहित जीवाराम च्याम्पियन बने ।

३३ स्कोर गरेका एएसपी लिलाजंग गुरुङ उपविजेता बने । हिमालयन गल्फ क्लबले मासिक रुपमा आफना क्लब सदस्यहरु बीच मन्थ्ली मेडल गल्फ प्रतियोगिता आयोजना गर्दै आएको छ ।

१८ होलको कोर्षमा विभिन्न प्रतियोगिता आयोजना हुदैं आएका छन् । विजेता गल्फरलाई लमजुङस्थित ब्रिटिस वेल्फेयर अफिसर सुवास घलेले पुरस्कार प्रदान गरेका थिए ।