
पोखरा-पोखराका आर्यषराज पौडेलले प्रथम पिसिएम कम राष्ट्रिय टेनिस प्रतियोगिताको यु १४ तर्फका उपाधि जितेका छन् । उनले सोमबार पोखरा रंगशाला टेनिस भिलेजमा आयोजित फाईनलमा अभिषेक बयलकोटीलाई ६–१, ७–५ को सेटमा पराजित गर्दै उपाधि जिते । पहिलो सेट सहजै लिदाँ दोस्रो सेट भने टाईब्रेकरमा पुग्यो ।
गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा रहेको प्रतियोगिताको यु १६ तर्फको उपाधि सुरेन्द्र बिकले जिते । उनले फाईनलमा आर्यषराज पौडेललाई ६–३, ६–३ को सेटमा पराजित गर्दै च्याम्पियन बने ।
युु १८ अन्तर्गतको प्रतिस्पर्धामा सन्दिप विकलाई ६–२,६–१ को सेटमा पराजित गर्दै शास्वत बज्राचार्य च्याम्पिनय बने । गल्र्सतर्फ यु–१२ र यु–१० दुर्वतर्फको उपाधी निम्ती कुँवरले जितेकी छन् । यू–८ गल्र्स सिंगल्समा वाणी राजभण्डारी प्रथम तथा निवेदी सुनार द्वितिय भइन् । यू–१२ ब्वाइज सिंगल्समा सहंश बस्नेतले इभान भट्टराईलाई पराजित गर्दै प्रथम हुन सफल भए । यू–९ ब्वाइज सिंगल्समा सर्वज्ञजंग खत्री प्रथम तथा सोनम टी घले द्वितिय भए ।
पोखरा कलेज अफ म्यानेज्मेण्टका प्राचार्य लिना नेगी श्रेष्ठ, नेपाल टेनिस संघका पुर्व अध्यक्ष मनोज राणा, प्रतियोगिता संयोजक लोक गुरुङ लगायतले आकर्षक गिफ्ट ह्म्पर सहित मेडल, प्रमाण–पत्रले पुरस्कृत गरेका थिए । कलेजका अध्यक्ष बिनोद कायस्थले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…