
पोखरा-कास्की जिल्ला एथलेटिक्स संघले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आईतबार विभिन्न इभेण्टमा खेलाडी छनोट गरेको छ ।
छनोट संयोजक सिद्धान्त अधिकारीका अनुसार पुरुष तर्फ १०० मिटरमा विवास गुरुङ र प्रज्वल खड्का, दुईसय मिटरमा सुदिप भण्डारी र विवास गुरुङ, चारसय मिटरमा अजित थापा, ८ सय मिटरमा बादल कार्की र अजित थापा रहेका छन् । १५ सय मिटरमा बादल कार्की, ५ हजार मिटरमा आयुष पोखरेल १० हजार मिटरमा सगुन लामिछाने, म्याराथनमा सफल लामा र तीन हजार मिटर स्टिपल चेजमा सुजन नेपाली रहेका छन् ।
११० मिटर हर्डल्समा प्रवेश थापा, ४ सय मिटर हर्डल्समा सुगन लामिछाने, हाईजम्प र त्रिपल जम्प तर्फ सचिन तिमिल्सिना, लङजम्प तर्फ अमृत कुँवर, ज्याभलिन थ्रो, सटपुट र डिसकस थ्रोमा दुजिक थापा, ४ गुणा १ सय रिलेमा विवास, प्रज्वल, सुदिप भण्डारी र प्रवेश थापा रहेका छन् । त्यस्तै ४ सय ४ गुणमा सुदिप, अजित, बादल र सुजन नेपाली रहेका छन् ।
म्हिला तर्फ एकसय मिटरमा अनुष्का अधिकारी र एन्जेल अधिकारी, दुईसय मिटरमा अनुष्का र एन्जेल अधिकारी छनोट भएका छन् । चारसय मिटरमा कृति गिरी र साधना परियार, ८ सय मिटरमा नारायणी भण्डारी र कृति गिरी, १५ सय मिटरमा नारायणी भण्डारी, ५हजार मिटरमा साधना परियार, १० हजार मिटर र म्याराथनमा समेत साधना छनोट भएकी छन् ।
एकसय मिटर हर्डल्समा मेनुका अधिकारी,४ सय मिटर हर्डल्समा साधना, हाईजम्प र त्रिपल जम्पमा सविना खातुन मिया, लङजम्पमा सुजाता कुमाल,ज्याभलिन,सटपुट र डिसकसमा सुनिता गोले रहेकी छन् । चारगुणा एकसय रिलेमा अनुष्का, एन्जल, मेनुका र सविना रहेका छन् त्यस्तै चारगुणा चारसय रिलेमा अनुष्का, एन्जेल, सविना र कृति रहेको संयोजक अधिकारीले जनाएका छन् ।


पोखरा-अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी(२० छनोट प्रतियोगिता आईतबार भएको खेलमा कास्कीले बागलुङलाई ८९ रनको फराकिलो जित निकालेको छ । खेलमा बागलुङकी कप्तान संरचना गिसी तामाङले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। पहिले…