
पोखरा(खेलाडी न्युज)एक वर्षअघिको इतिहासलाई फेरी दोहोर्याउँदै लाली रुपन्देहीले तेस्रो सस्करणको टुबोर्ग नेपालगन्ज गोल्डकपको उपाधि जितेको छ । पुरानै प्रतिस्पर्धी संकटा क्लबलाई १(० गोलले पराजित गर्दै लालीले उपाधि रक्षा गरेको हो ।
लाली रुपन्देही–११ ले दोस्रो संस्करणको नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि पनि गत वर्ष जितेको थियो । गत वर्ष पनि लाली रुपन्देहीले संकटालाई नै पराजित गरेको थियो ।बाँके जिल्लाको खजुरामा आज भएको फाइनल प्रतिष्पर्धाको दोस्रो हाफमा लाली रुपन्देहीका तर्फबाट जोन ग्रोरीले गरेको एकमात्र गोल नै जितका लागि निर्णायक सावित भयो ।
उपाधि विजेता लाली रुपन्देहीले कपसहित नगद पाँच लाख नगद हात पार्यो भने उपविजेता संकटाले दुई लाख ५१ हजारमै चित्त बुझायो। प्रतियोगितामा रुपन्देहीका कप्तान दीपक गुरुङ खेलाडी घोषित भए। गुरुङलाई सुजुकी मोटरसाइकलबाट पुरस्कृत गरियो ।
प्रतियोगिताका विजयी खेलाडी र टोलीलाई नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति र बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पदक, कप र नगद पुरस्कार प्रदान गरेका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…