
पर्वत(खेलाडी न्युज)-जिल्ला क्रिकेट संघ पर्बतको अध्यक्षमा रेशमबहादुर केसी निर्बिरोध चयन भएका छन । जिल्ला खेलकुद बिकास समिति पर्बतका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा कात्तिक ४ गते बसेको भेलाले केसीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा सुजन शर्मा पौडेल, सचिबमा दिपेन्द्र शर्मा लामिछाने, कोषध्यक्षमा शिब श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा सरोज लम्साल, अजय लामिछाने र सञ्जय कँडेल रहेका छन ।त्यस्तै समितिको बिशेष सल्लाहकारमा शिब शर्मा बास्तोला र मोहन आचार्य रहेका छन् ।
सँघका अध्यक्ष रेशम बहादुर केसीले आगामी दिनमा पर्बतको क्रिकेट बिकासका लागि महत्वपूर्ण कार्य गर्ने उद्देश्यका साथ संघ गठन गरिएको बताए । पछिल्लो समय क्रिकेटले बिस्तारै स्थान पाउदै गएको छ उनले भने, गण्डकी प्रदेशलाई खेलकुदको केन्द्र बनाउन सम्बन्धित निकाय लागिपर्दा हाम्रो पनि दायित्वबोध होस् भन्ने बुझेर सँगठित भएका हौं ।
उनले पर्बतमा क्रिकेट मैदानको अभाबका कारण पनि ड्युज बल खेल्ने खेलाडी अत्याधिक मात्रामा भएको उल्लेख गर्दै स्तरिय खेलाडी रुपमा बिकास गर्नका लागि सँघको बिशेष पहलकदमी रहने केसीले बताए । उनले बिगतमा धेरै क्रिकेट प्रतियोगिताहरु आयोजना गरेको उल्लेख गर्दै गत हप्ता (यू १९) धवलागिरी कप सम्पन्न गरेको समेत बताएका थिए । केसीका अनुसार गत सोमबार जिल्ला खेलकुद बिकास समिति पर्बतमा क्रिकेट संघ दर्ता गरिएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…