
एजेन्सी, असोज १५ । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा भारतीय खेलाडी रोहित शर्माले ५ हजार रन पुरा गर्दा मुम्बई इन्डियन्सल किंग्स इलाभेन पन्जाब सामु १ सय ९२ रनको लक्ष्य दिएको छ ।

सेख ज्यायद क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनायो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका रोहितले ८ चौका र ३ छक्काको सहयोगमा ७० रनको योगदान गरे । अर्धसतकीय इनिङसँगै रोहितको आईपीएलमा ५ हजार रन पूरा भएको छ । ५ हजार पूरा गर्ने तेस्रो खेलाडी समेत बनेका छन् ।

आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो स्थानमा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली रहेका छन भने दोस्रो स्थानमा ससेश रैना छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…