Author Archive

दुईसय ५१ खेल, ६२९ गोल

पोखरा-क्याराभान बाहेक सहाराले आयोजना गरेको आहा हुदैं आहारारा पोखरा गोल्डकपमा २५१ खेलको कोशेढुंगा पार गरिसकेको छ । सहाराले क्याराभानसहित आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करण फागुनको ९ गते विधिवत टुग्याउँदा सहारा क्लबले उपाधि रक्षा गरेको थियो । दुईसय ५१ खेल सकिदाँ सहभागिता टिमहरुले ६२९ गोल गरेको तथ्यांक छ । गोल पेनाल्टी सुटआउट बाहेक हो । यो तथ्यांक हारजित हुने क्लबहरुको कुल गोलसख्या हो । प्रतिखेल दुई दशमलव ५ गोल औसत देखिन्छ । पच्चीसौं संस्करणसम्म आईपुग्दा सहारा क्लबले पाँच सँस्करण… पुरा पढौ

यसैसाता पोखरामा खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप

पोखरा-साहसिक खेलको पर्याय बनेको प्याराग्लाईडिङ च्याम्पियनसिप हुदैं छ । नेपाल हवाई खेलकुद संस्था(ना)ले यही चैत ५ गतेदेखि २१ औं संस्करणको खुला नेपाल प्याराग्लाईडिङ च्याम्पियनसिप गर्ने तयारी गरेको हो । कोभिडको संक्रमणसँगै रोकिएको प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजनाको संघारमा रहेको नाले जनाएको छ । च्याम्पियनसिप चैत ५ देखि ७ गतेसम्म आयोजना हुने छ । च्याम्पियनसिपले पोखराको आकाशमा फेरी प्याराग्लाईडिङको रौनक आउने विश्वास छ । साहसिक प्याराग्लाईडिङ मार्फत पोखराको पर्यटन प्रवद्र्धनमा आयाम हुने अपेक्षा गरिएको छ । नवा राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखराको आकाशमा शो… पुरा पढौ

पच्चीस वर्षे यात्रामा ५५ क्लबको सहभागिता

धन बस्नेत/पोखरा सहारा क्लबले गोल्डकप आयोजनाको पच्चीसौं वसन्त पार गर्यो । पच्चीस वर्षको यो रजत वर्षमा नेपाली र विदेशी क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्यो । दुई पटक उपाधि विदेशिदाँ बाँकी सँस्करण भने स्वदेश भित्रै रह्यो । अफ्रिकन युनाईटेड र ब्ल्याक बुल्स उज्वेकिस्तानले जित्दा उपाधि विदेशिन पुग्यो । क्याराभान गोल्डकप ०५८ सालमा शुरु गरेको थियो । त्यसपछि क्लबलाई हौसला थप्यो हिमश्री फुड्स प्रालिले । हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गरेसँगै सहाराले गोल्डकप यात्रालाई ०८२ सालको पच्चीसौं संस्करणलाई विट मार्यो । यो… पुरा पढौ

प्रशिक्षक शून्यता उन्मुख

पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा छ खेलकुद । मिति तय भईसकेको छैन् । मिति घोषणा पछि नियमित प्रशिक्षणको खाँचो छ । प्रशिक्षणको लागि प्रशिक्षकको अभाव छ । स्वयं सेवक प्रशिक्षककै भरमा पदकको आशा गर्नुपर्ने बाध्यता छ ।खेलकुदको शहर पोखरा । पोखराको खेलकुद खस्किदै गएको छ । खस्किनुको मुख्य कारण प्रशिक्षणको अभाव । प्रशिक्षक नै छैनन् । जिल्ला खेलकुद विकास समिति कास्कीका अब केव दुई प्रशिक्षक मात्रै छन् । सितेरियो कराँते र शारीरिक सुगठनको । ती बाहेक अन्य खेलका प्रशिक्षक भने… पुरा पढौ

प्रतिक्षा दशौं राष्ट्रिय खेलकुद

पोखरा-निर्वाचन सकिएसँगै मतपरिणाम पनि अन्तिम चरणमा छ । समानुपातिक मतगणनाको परिणाम आएसँगै निर्वाचन प्रक्रिया पूर्णत सकिन्छ । नयाँ सरकार गठन हुने छ । नयाँ सरकार गठनसँगै खेलाडीको आशा सर्दै गएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय हुने छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित बीरेन्द्रनगर नगरपालिकामा निर्मित रंगशालाले विभिन्न खेलका एथलिटलाई स्वागत गर्न आतुर छ । चार पटक मिति सरेर पनि अन्यौलपूर्ण बन्दै गएको खेलकुद प्रतियोगिता अब भने स्थायी सरकार गठनसँगै प्रतियोगिता सजह रुपमा हुने छ । प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन… पुरा पढौ

राईलाई फेब्रुअरीको मन्थ्ली मेडल गल्फ

पोखरा-फेब्रुअरी मन्थ्ली मेडल गल्फको उपाधि क्याप्टेन हरी राईले जितेका छन् । शनिबार पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा उनले ४३ स्कोरसहित उपाधि जित्न सफल भए । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा भएको प्रतिस्पर्धमा राईले ७ अण्डरको स्कोरसहति उपाधि जित्न सफल भए । चार अण्डर ४० सहित कलम सुवेदी उपविजेता बन्न सफल भए । त्यस्तै मेजर विजय मोक्तान काउण्ट व्याकमा तेस्रो स्थानमा चित्त बुझाए । ग्रस तर्फको पुरस्कार भने क्याप्टेन बद्री राईले जितेका छन् । लङगेष्ट ड्राईभ हिर्काउँदै इन्स्पेक्टर जीवाराम गुरुङले… पुरा पढौ

सहारा एकेडेमीमा फ्लडलाइट जडान

पोखरा-आहारारा पोखरा गोल्डकपको पच्चीसौं सस्करणको उदघाटन खेल कृत्रिम प्रकाशमा खेलाउने सपना पुरा हुन सकेन् । तर सहारा एकेडेमीमा भने एकेडेमीमा रहेको बाल खेलाडीलाई रात्रीकालिन प्रशिक्षण समेत हुने छ । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव रामचन्द्र गुरुङ र पूर्व कोषाध्यक्ष एवं उहाँकी धर्मपत्नी उमादेवी गुरुङको सहयोगमा सूर्यबहादुर केसी स्मृति आवासीय फुटबल एकेडेमीमा फ्लडलाइट जडान गरिएको छ । बत्ती जडानले रात्रीकालिन प्रशिक्षणमा समेत सहज हुने विश्वास क्लबले लिएको छ । एकेडेमीमा रहेका बालकहरूको फुटबल खेल विकास तथा रात्रिकालीन… पुरा पढौ

लेखनाथ रङ्गशाला निर्माण चुनावी एजेण्डा

लेखनाथ-पोखरा रंगशालाको बैकल्पिक रंगशालाको रुपमा हेरिएको लेखनाथ रंगशाला यतिबेला चुनावी एजेण्डा बनेको छ । हरेक वर्ष भौतिक पूर्वाधार तथा मैदान स्तरोन्नति गर्न माग गर्दै आएका छन् । चासो भने कसैले दिएका छैनन् । अहिले चुनावी सरगर्मी बढिरहेकै बेला नेपाली काँग्रेकाका उम्मेदवार तिलक रानाभाटले रंगशाला निर्माण आफनो चुनावी एजेण्डासहित अघि बढेका छन् । मैदानको स्तरोन्नति गर्नुपर्ने खाँचो छ । मैदानकै उत्तर तर्फ बहुउदेश्यीय कभर्ड हल आर्थिक अभावमा अलपत्र परेको छ । तर स्थानीय, प्रदेश र संघीय सरकारले पनि कभर्ड हल र… पुरा पढौ

पोउवा संघको सहयोगमा पोखरा रंगशालाभित्र खानेपानी फिल्टर मेसिन

पोखरा-पोखरा उद्योग वाणिज्य संघले पोखरा रंगशालामा अत्याधुनिक पानी ट्याङ्की फिल्टर मेसिन स्थापना गरेको छ । संघले आफ्नो ७२ औं वार्षिकोत्सवको अवसर पारेर जिल्ला खेलकुद विकास समितिमार्फत् सो पानी ट्याङ्की निर्माण गरेको हो । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पानी ट्याङ्कीको अनावरण गरे । अनावरणसँगै करिब १ लाख ५० हजारको लागतमा निर्मित पानी ट्याङ्की जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार पानी फिल्टर मेसिन बहुस्तरीय शुद्धीकरण प्रणालीयुक्त… पुरा पढौ

आमन्त्रित महिला फुटबलमा म्याग्दी च्याम्पियन

पोखरा-शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघ ले जितेको छ । फाइनल खेलमा म्याग्दीले कपिलवस्तु महिला फुटबल संघ लाई १–० गोल अन्तरले पराजित ग¥यो । खेल सुरु भएको पहिलो मिनेटमै वर्षा ओलीले गरेको गोल नै निर्णायक बन्यो । खेलाडीसम्बन्धी विवादका कारण ढिला सुरु भएको फाइनल समयाअभावका कारण १०–१० मिनेटको हाफमा खेलाइएको थियो । विजेता टोलीले नगद रु १ लाखसहित शिल्ड र प्रमाणपत्र प्राप्त… पुरा पढौ