थप खेल

भारतका सराभनन मनीले उचाले मिष्टर एशियाको उपाधी

काठमाडौं- ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तरगतको मिष्टर एशियाको उपाधी भारतका सराभनन मनीले हात पारेका छन् । आफ्ना दश प्रतिस्पर्धीलाई पछि पार्दै मनीले उपाधी जितेका हुन् । शारीरिक सुगठन तर्फको विभिन्न दश तौल समूहका विजयीहरुका विच भएको मि।एशियाको प्रतिस्पर्धामा मनीले ट्रफी उचालेका हुन् । उनी ९० केजी तौल समूमा विजयी हुँदै ओभरअल राउण्डमा प्रवेश गरेका थिए ।एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको ब्यवस्थापनमा भएको स्पर्धामा पुरुष तर्फ… पुरा पढौ

रजनीले जोडिन नेपालको लागि अर्को स्वर्ण

काठमाडौं- रजनी श्रेष्ठले काठमाण्डौमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जोडेकी छिन् । महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बानियालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यो सहित हाल सम्मको नतिजामा नेपालले ३ स्वर्ण जितेको छ । तेश्रो स्थानमा भियतनामकी दिन्ह किम लोन रहिन् ।अन्य पदकमा महिलातर्फको १५५ सेमी सम्मको मोडल फिजिकमा तारा खाईजुले रजत प्राप्त गरिन् । थाईल्याण्डकी किरातीया छन्त्रतले स्वर्ण जित्दा भारतकी निमा डोमा लामाले कास्य जितिन् ।… पुरा पढौ

बिशाल र सनमले दिलाए नेपाललाई स्वर्ण

काठमाडौं- बिशाल पौडेल र सनम मुलगुठीले काठमाण्डौमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जितेका छन् । एशियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपमा बिशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथीको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । तेश्रो स्थानमा थाईल्याण्डका बालान्कन पठानसिरावत रहे । याक एण्ड यती होटलमा भएको च्याम्पियनसिपको महिला स्विम सुट फिजिक खुल्ला विधा तर्फ सनमले… पुरा पढौ

आजदेखि एशियाली शारीरिक सुगठन, २३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं -एशियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको ब्यवस्थापनमा काठमाण्डौमा हुने ५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा १७ राष्ट्रका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन् ।शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड,… पुरा पढौ

५५ औं एशियाली शारीरिक सुगठन प्रतियोगिता भाद्र तेश्रो साता

काठमाडौं-नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा हुने ५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता भाद्र १५ गते बाट काठमाण्डौमा हुने भएको छ । नेपालमा पहिलो पटक अहिले सम्मकै ठुलो रहेको प्रतियोगितामा एशियाली राष्ट्रका २५ मुलुककाले प्रतिस्पर्धामा सहभागिता जनाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । दरवारमार्गस्थित याक एण्ड यती होटलमा करिव ३०० खेलाडीहरुले पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् । सात दिन सम्म संचालन हुने प्रतियोगिताको… पुरा पढौ

गौरिकाको अर्को कीर्तिमान

काठमाडौं-दक्षिण एशियाली खेलकुद (साग)की ४ स्वर्णधारी गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो पुरानो समयमा सुधार गर्दै नयाँ समयका साथ राष्ट्रिय कीर्तिमान राख्न सफल भएको टोली नेता एवं नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् । बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा गोहाटीमा आयोजना भएको १२ औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यस अघि गौरिकाले यसै… पुरा पढौ

भारोत्तोलन खेलाडीको पोखरामा बन्द प्रशिक्षण

पोखरा-चीनको हाङझावमा हुने १९ औं एशियाड अब दुई महिना मात्रै बाँकी छ । दुई महिना बाँकी हुदाँ छनोट भएका खेलाडीहरु यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छन् । केही खेल बन्द प्रशिक्षणको लागि पोखरामा प्रशिक्षणरत छ । गत शनिबार मात्रै भारोत्तोलनका खेलाडीहरु पोखरा आईपुगेका छन् । उनीहरुलाई मंगलबार विहान पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी तथा कास्की जिल्ला भारोत्तोलन संघका कार्यबहाक अध्यक्ष उमेश सिकेले खादा लगाई स्वागत गरे । स्वागतसँगै कार्यालय प्रमुख योगीले पोखरामा प्रशिक्षणको क्रममा कुनै अप्ठ्यारो तथा… पुरा पढौ

नासिरको जापानमा नयाँ किर्तिमान

काठमाडौं- नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएको फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् । नासिरले ४ सय मिटिर फ्रिस्टायलमा ४ मिनट ८।२३ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेका हुन् । यस अघि नासिलको नाममा ४ मिनट १२।१७ सेकेन्ड समयमो किर्तिमान कायम थियो । नासिरले उक्त किर्तिमान आषाढमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।अव भोली नासिरले पुरुष… पुरा पढौ

व्यायामशाला बढे, खेलाडी बढेनन

पोखरा-स्वास्थ्यका लागि खेलकुद । खेलकुदका लागि जिम । पछिल्लो समय युवापुस्ताको जमात जिम(व्यायामशाला)मा भेटिन्छन् । शहरी जीवन व्यस्त छ । तर पनि स्वास्थ्यप्रतिको सचेतता बढ्दै गएको आभाष व्यायामशालामा उपस्थिति सर्वसाधारणको भीडले देखाउँछ । वर्षेनी जिम सेन्टर थपिने क्रममा छन् । तर जिमका व्यावसायिक खेलाडी भने घट्दै गएको जिम सञ्चालक स्वीकार्छन् । पोखरामा २०४० सालदेखि जिम गर्ने परिपाटी शुरु भएको इतिहास छ । पोखरा व्यायामशालाको स्थापनासँगै व्यवसायिक जिमको शुरुवात भएको हो । ५० को दशकमा आईपुग्दा जिम सेन्टर १० को हाराहारीमा… पुरा पढौ

विश्व पौडी च्याम्पियनसिपमा सहभागि नेपाली टोली प्रस्थान

काठमाडौं-जापानको फुकुओका सहरमा आयोजना हुने विश्व एक्वाटिक च्याम्पियनसिप २०२३ मा सहभागी हुन जाने नेपाली पौडी टोली जापान प्रस्थान गरेको छ । उनीहरुलाई लाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले राष्ट्रिय झण्डा सहित बिदाई गरेका छन् । ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन् । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम ब्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा संजय शाह… पुरा पढौ