थप खेल

धनगढीमा आयोजित प्रथम मुख्यमन्त्री कप फेन्सिङ(ईपी)मा गण्डकी तेस्रो

पोखरा-कैलालीको धनगढीमा आयोजित फेन्सिङको ईपी इभेण्टमा गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्य पदक जित्दै तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुग्याएको छ । दुईदिने प्रतियोगितामा बाग्मती प्रदेश च्याम्पियन हुदाँ शसस्त्र प्रहरी बल भने दोस्रो स्थानमा रह्यो । बाग्मतीले एक स्वर्ण, दुई रजत र एक कास्य जित्दा शसस्त्रले एक स्वर्ण एक रजत र दुई कास्य पदक जितेको थियो । तेस्रो स्थानमा रहेको गण्डकीका लागि कृपा गुरुङले ईपी जुनियर तर्फ स्वर्ण पदक जितिन् । उनले स्वर्णसँगै नगद १५ हजार रुपैयाँ प्राप्त… पुरा पढौ

गण्डकीको फेन्सिङ टोली धनगढी प्रस्थान

पोखरा-कैलालीको धनगढीमा आयोजना हुने ‘प्रथम मुख्यमन्त्री राष्ट्रिय कप फेन्सिङ प्रतियोगितामा सहभागिता जनाउने गण्डकी प्रदेशका खेलाडी धनगढी प्रस्थान गरेका छन् । चैत्र २९ र ३० गते आयोजना हुने प्रतियोगितामा १० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जुनियर तथा सिनियर ईपी तर्फको इभेन्टमा प्रतिष्पर्धा गर्ने कास्की जिल्ला फेन्सिङले जनाएको छ । धनगढीमा हुने प्रतिस्पर्धामा सहभागिता जनाउने खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलले विदाई गरेका थिए । संघका अनुसार सिनियर खेलाडीमा महिलातर्फ मेरिया पुनले प्रतिस्पधाृ गर्ने छिन् । जुनियर पुरुषतर्फ नवराजजंग कार्की,… पुरा पढौ

लम्जम्बर्गका हलेरलाई एशिया कप ट्रायथोलनको उपाधि

पोखरा-नेपाल ट्रायथोलन संघको आयोजनामा शनिबार पोखरामा आयोजित तेस्रो एशिया ट्रायथोलन कप पुरुष तर्फ लक्जम्बर्गका बब हलेर च्याम्पियन बनेका छन् । उनले ५५ मिनेट ५५ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनेका हुन् । स्प्रिन्ट विधा तर्फ आयोजित प्रतिस्पर्धामा उज्वेकिस्तानका अलेक्सान्डर कुुरिसभ केवल दुुई सेकेण्डले पछि पदैै उपविजेता बने । उनले पौडी, साईक्लिङ र दौड पुरा गर्न ५५ मिनेट ५७ सेकेण्डको समय लगाएका थिए । ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौडको स्प्रिन्ट विधाको ट्रायथोलनमा लक्जम्बर्गकै स्टेफन जेचसले ५६ मिनेट… पुरा पढौ

पोखरामा पहिलो पटक रोड रेसिङ च्याम्पियनसिप

पोखरा-पोखरा रंगशालामा पहिलो पटक आयोजित बाईक रोड रेसिङमा आशिक लामा च्याम्पियन बनेका छन् । गण्डकी प्रदेशमै पहिलो पटक आयोजना गरिएको नेपाल रोड रेसिङ च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय तर्फ राजकुमार कार्की दोस्रो र युकेश थापा तेस्रो भए । पोखरा रंगशालाभित्रको सडकमा गरिएको प्रतिस्पर्धा अन्तर्गत नोभिस विधामा भने निमेश ठकुरी पहिलो बने । दिलिप दनुवार दोश्रो हुदाँ मङ्गगेष जोशी तेश्रो भएका छन् । नोभिस र नेश्नल गरी दुई क्याटेगोरीमा १ सय ५० सीसीको मोटरसाईकल रेसिङ गरिएको थियो । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल)… पुरा पढौ

जंग र रुपालाई बाँके एमटिबी च्यालेन्ज उपाधि

बाँके-बाँकेका जंगु थारु र रुपा थारु लुम्बिनी स्तरीय बाँके एमटिबी च्यालेन्जमाच्याम्पियन बनेका छन् । शनिबार बाँके जिल्लाको बैजनाथ गाउँपालिकास्थित पर्यटकीय स्थल गाभरमा भएको साइक्लिङको क्रससन्ट्री ओलम्पिकविधामा जंगुले निर्धारित ४.५ किलोमिटर दुरीको ट्रेलमा ३ ल्याप ५२ मिनेट २७ सेकेन्डमा पार गर्दै प्रथमभएकाहुन् । त्यसैगरी देवबहादुर बोहोराले ५३ मिनेट २७ सेकेण्डमा पुरा गर्दै दोस्रो र शिवप्रसाद थारुले ५६ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पुरा गरी तृतीय स्थानहासिल गरे । ४.५ किलो मिटरको दुरी भएको ट्रेलमामहिलातर्फ निर्धारित २ ल्याप ५१ मिनेट ४१ सेकेण्डमा… पुरा पढौ

पोखराका केसी बने ‘एनएफबीएफ दोस्रो मिष्टर पोखरा’

पोखरा-एनएफबीएफ सिटी जिम दोस्रो मिष्टर पोखराको उपाधि निश्चल केसीले जितेका छन् । ७५ केजी तौल समूहमा विजेता भएको उनले ओभरअल प्रतिस्पर्धामा अन्य पाँच प्रतिस्पर्धीलाई पन्छाउँदै दोस्रो मिष्टर पोखरा बन्न सफल भएका हुन् । कस्की बडिल्डिङ तथा फिटनेस एशोसियसनको आयोजनामा पोखराको सभागृह हलमा भएको प्रतियोगितामा पोखरा २ मिरुवास्थित मोन्ष्टर जिमका केसी च्याम्पियन बन्दै नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । उनले आफनो तौल समूहमा समेत प्रथम हुदैं नगद २० हजार रुपैयाँ प्राप्त गरेका थिए । गण्डकी, लुम्बिनी, कर्णाली र… पुरा पढौ

आगामी शुक्रबार पोखरामा ‘दोस्रो मिष्टर पोखरा’

पोखरा-यही चैत १० गते शुक्रबार पोखरामा दोस्रो मिष्टर पोखरा हुने भएको छ। कास्की बडिविल्डिङ तथा फिटनेस एशोसियसनको आयोजनामा हुने दोस्रो मिष्टर पोखरामा चारवटा प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। पोखराको नयाँबजारस्थित सिटी जिम सेन्टरको मुख्य प्रायोजन रहेको दोसो मिष्टर पोखरामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने एशोसियसनका उपाध्यक्ष दिपक बास्तोलाले जानकारी दिए। ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ। तौल समूह विजेताले ओभर च्याम्पियनको लागि अन्तिम प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धामा चार प्रदेशका एकसय भन्दा बढी खेलाडीहरुले सहभागिता… पुरा पढौ

रिकर्भमा बाग्लुङका दुर्गा र कास्कीकी केशरी च्याम्पियन

पोखरा-गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको रिकर्भ(७० मिटर) पुरुष तर्फको उपाधि बाग्लुङका दुर्गा घर्तीमगरले जितेका छन् । पोखरा रंगशाला आर्चरी मैदानमा भएको फाईनल प्रतिस्पर्धामा बाग्लुङका घर्तीमगरले आफनै जिल्लाका खड्गबहादुर घर्तीमगरलाई पराजित गर्दै प्रदेश च्याम्पियन बनेका हुन् । फाईनल प्रतिस्पर्धामा दुर्गाले खड्गलाई ६–० स्कोरमा पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेका हुन् ।कास्की जिल्ला आर्चरी सघको सह—आयोजनामा पोखरा रगंशालाको आर्चरी खेल मैदानमा भएको खेलमा कास्कीमा सुमन गुरुङले पोखराका अन्तराष्ट्रिय खेलाडी असिम शेरचनलाई ६—४ को अंकमा पन्छाउँदै तेस्रो स्थानमा रहे । महिला रिकर्भमा कास्कीको बर्चस्व… पुरा पढौ

चौथो बुल्समेन शारीरिक सुगठन प्रतियोगिता काठमाडौंमा आयोजना गरिने

पोखरा-पाँचवर्षपछि बुल्समेन क्लबले चौथो सस्करणको मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता गर्ने जमर्कोमा जुटेको छ । क्लबको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नुना गुरुङले चौथो संस्करणको बुल्समेन शारीरिक सुगठन प्रतियोगिता गर्ने सुनाए । उनले चौथो संस्करणको बुल्समेन शारीरिक सुगठन प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने समेत घोषणा गरेका छन् । अध्यक्ष गुरुङका अनुसार आगामी असोजमा(२०८० सालमा) काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ । असोजमा गर्ने निर्णय भएपनि मिति भने तय नभई नसकेको उनको भनाई थियो । चौथो संस्करणमा क्लबले मेन्स फिजिक इभेण्टलाई समेत समावेश… पुरा पढौ

पोखरामा प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता

पोखरा-यही फागुनको ५ र ६ गते पोखरा रंगशाला आर्चरी मैदानमा गण्डकी प्रदेशस्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता हुने छ । दोस्रो संस्करणको प्रतियोगितामा रिकर्भ विधालाई समावेश गरिएको छ । गतवर्ष आर्चरीको ३० मीटर स्टाडण्र्ड विधामा मात्रै प्रतिस्पर्धा गराईएको थियो । नेपाल आर्चरी संघको प्राविधिक सहयोग एवं गण्डकी प्रदेश खेलुकद परिषदको आयोजनामा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट आर्चरी खेलाडीले प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्टाडण्र्ड तर्फ(३० मिटर)का पदक विजेता खेलाडीहरुले भने सोही विधामा प्रतिस्पर्धा गर्न पाउने छैनन्… पुरा पढौ