ब्याडमिन्टन

सर्वाधिक पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता

चितवन-प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ चितवनमा बुधबारदेखि सुरु भएको छ । बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईले उदघाटन गरेका थिए । चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती ट्रष्टको संयुक्त आयोजना भएको प्रतियोगितामा पुरुष एकल र राष्ट्रिय २० बरियताको युगल, राष्ट्रिय २० बरियता बाहेककाको युगल, महिला एकल, छात्र र छात्रा यु १७, पुरुष भेट्रान्स ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि ८ स्पर्धामा प्रतिस्पर्धा गराईएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब, २७ जिल्ला… पुरा पढौ

पुष्लाल स्मृती ब्याडमिन्टनको उपाधी प्रिन्स र जेशिकालाई

काठमाडौं- सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ्गले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचालेका छन् । सेमिफाईनलमा शीर्ष बरियताका रत्नजितलाई पराजित गरेका प्रिन्सले शीषर्ष १६ पुरुष एकलको फाईनलमा एपिएफका दिपेश धामीमाथी २१-१८, २१-१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नयाँ ईतिहास रचेका छन् । गोलबजार कभर्डहलमा भएको महिलाको शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ्गले उपाधी उचालिन । १८-२१, २१-१५, २२-२० का साथ उपाधीमाथी कब्जा गरेकी हुन्… पुरा पढौ

उदियमान खेलाडी प्रिन्सको बिश्व बरियतामा फड्को

काठमाडौं-नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले बिश्व जुनियर स्तरमा ठुलो फड्को मार्न सफल भएका छन् । बिश्व ब्याडमिन्टन महासंघले निकोलेको नयाँ बरियता क्रममा प्रिन्स ११ औं स्थानबाट तेश्रो स्थानमा उक्लदै ईतिहास रच्न सफल भएका हुन् । ७ औं स्थानबाट डिसेम्बरमा ११ औं स्थानमा पुगेका प्रिन्स बिश्व ब्याडमिन्टन महासंघले आज निकालेको नयाँ बरियतामा जुनियर यु- १९ मा तेश्रो स्थान पुग्न सफल भएका हुन् । नेपाली खेलाडीले बिश्व ब्याडमिन्टन बरियतामा प्राप्त गरेको यो ठुलो उपलब्धी हो । यसका साथै दाहालले बिश्व ब्याडमिन्टन मञ्चमा… पुरा पढौ

रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा

सिरहा- राष्ट्रिय च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग, उदियमान खेलाडी सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल महर्जन र एपिएफका दिपेश धामीले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको पुरुष उच्च १६ को अन्तिम चारमा स्थान पक्का गरेका छन् । शुक्रबार गोलबजार कभर्डहलमा भएको क्वाटरफाईनल खेलमा रत्नले भोजपुरका बिकास श्रेष्ठलाई २१-१८, २१-१८ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए । अव रत्नले फाईनल प्रवेशका लागि सिल्क ग्रुपका प्रिन्स संग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई… पुरा पढौ

क्वाटरफाईनल समिकरण पुरा

सिरहा- सिराहाको गोलबजारमा आयोजना भईरहेको योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको पुरुष ¥याङ्किङ्ग १६ तथा महिला ¥याङ्किङ्ग १२ को क्वाटरफाईनल समिकरण पुरा भएको छ । पुरुषको लिग प्रतियोगिताबाट समूह ए बाट सेनाका रत्नजित तामाङ्ग र एपिएफका गौतम कठायत पहिलो र दोश्रो हुँदै क्वाटरफाईनल प्रवेश गरेका हुन् । अब रत्नले समूह सीको दोश्रो स्थानमा रहेका भोजपुरका बिकास श्रेष्ठ संग प्रतिस्पर्धा गर्ने छन् । रत्नले लिगमा ३ मा तीन खेलनै जित्दै समूह विजेता भएका हुन् । यस्तै तीनमा… पुरा पढौ

पुष्पलाल स्मृती ब्याडमिन्टनको तयारी पुरा

काठमाडौं- १० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएका छन् । नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिका, लाहानको संयुक्त आयोजनामा हुने प्रतियोगिता पौष २९ गते देखि माघ ३ गते सम्म गोलबजार, लाहानमा हुँदै छ । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघले सहयोग गर्ने भएका छन् ।एक मात्र राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयरी पुरा भएको छ- अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए । ब्याडमिन्टन खेलको… पुरा पढौ

१७औँ पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक (सूचीसहित)

काठमाडाैं, पुस २१ । पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७६ को फरक–फरक विधामा मनोनीत भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच चार विधा सार्वजनिक गर्दा यी तीन खेलाडीले वचश्र्व जमाएका छन् । यी सबै मनोनीत भएका खेलाडी गत वर्ष काठमाडौंमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता हुन् । गौरिकाले सर्वाधिक चार स्वर्ण हात पारेकी थिइन् । मन्देकाजी र सुवासले समान दुई स्वर्ण जितेका थिए… पुरा पढौ

पुष्पलाल स्मृती ब्याडमिन्टन अर्को साता

काठमाडौं- १० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता अर्को साता काठमाण्डौमा हुने भएको छ ।नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा हुने प्रतियोगिता पौष २२ गते देखि राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरको कभर्डहलमा हुने भएको छ । प्रतियोगितामा पुरुष एकल (शीर्ष १६ स्थानका खेलाडीहरु) र महिला एकल (शीर्ष १२ स्थानका खेलाडीहरु), पुरुष एकल (शीर्ष १६ देखि बाहेक) र महिला एकल (शीर्ष १२ देखि बाहेक), पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु – १७… पुरा पढौ

सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन उपाधी प्रिन्सलाई

काठमाडौं-नेपालका उदियमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता आफ्नो पक्षमा पारेका छन् । तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रबार भएको फाईनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधी जितेका हुन् । प्रिन्सले नगद १ लाख ११ हजार १ सय ११, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेता नविनले नगद ५५ हजार, ५ सय, ५५ हात पारे । सेमिफाईनलमा… पुरा पढौ

प्रिन्स क्वाटरफाईनलमा

काठमाडौ- सिल्क ग्रुपका प्रिन्स दाहाल तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको क्वाटरफाईनल प्रवेश गरेका छन् । बुधबार भएको प्रतियोगितामा सेनाका गोकुल जोरालाई २१–७, २१–९ को सोझो सेटमा पराजित गर्दै दाहाल क्वाटरफाईनल प्रवेश गरेका हुन् । प्रिन्सले क्वाटरफाईनलमा सेनाक पविन लिनथेपसंगको भेट पक्का गरेका छन् । पविनले रामेछापका टिकाराम मगरलाई २१–४, २१–६ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । नेपाल पुलिसका जीवन आचार्यले सिन्धुपाल्चोकका अभिषेक गुरुङ्गलाई २१–१३, २१–१० ले पराजित गर्दै… पुरा पढौ