कर्पोरेट

उदीयमान खेलाडी-अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

पोखरा-पोखराले नेपाली खेल इतिहासमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू जन्माइसकेको छ । यही गौरवशाली विरासतलाई अगाडि बढाउने क्रममा अहिले युवा खेलाडीहरुको एउटा यस्तो पुस्ता मैदानमा देखिएको छ, जसले आफ्नो कलिलो उमेरमै ठूला–ठूला सफलताको जग बसालिसकेका छन् । खेलप्रतिको अगाध प्रेम, नियमित प्रशिक्षण, अनुशासन र राष्ट्रको झण्डा फहराउने दृढ संकल्प बोकेका यी खेलाडीहरू यतिबेला नेपाली खेलकुदको उज्ज्वल भविष्यका रूपमा हेरिएका छन् । यसै सन्दर्भमा, पोखराका खेल प्रेमीहरूको प्रतिष्ठित मञ्च ’पोखरा स्पोट्र्स अवार्ड’ को १० औं संस्करणमा ‘उदीयमान खेलाडी’ ९इमर्जिङ प्लेयर०… पुरा पढौ

“वर्ष उत्कृष्ट प्रशिक्षक” अवार्डमा पूर्व खेलाडीहरुको प्रतिस्पर्धामा

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘१०औँ पोखरा स्पोट्र्स अवार्ड’ को ‘वर्ष उत्कृष्ट प्रशिक्षक’ विधामा खेलाडीबाट प्रशिक्षक बनेकाहरु बिच प्रतिस्पर्धा हुने भएको छ । यस विधाको मनोनयनमा परेका तीन हस्तीहरु तेक्वान्दोकी रेखमाया गुरुङ, टेनिसका कुमार अधिकारी र एथ्लेटिक्सका सिद्धान्त अधिकारीको एउटा रोचक समानता छ । उनीहरू हिजोका सफल खेलाडी हुन्, जसले मैदानमा पसिना बगाएर देशका लागि पदक जिते र आज त्यही अनुभवलाई नयाँ पुस्तामा बाँड्दै कुशल प्रशिक्षकका रूपमा आफूलाई उभ्याएका छन् । आफ्नो खेल जीवनको उचाइपछि प्रशिक्षकको रूपमा नयाँ… पुरा पढौ

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज नाइट रनको उपाधि

नेपालगन्ज-दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि नेपाली सेनाका अक्कल बहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् । वल्र्ड रनिङको आधिकारिक संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस९एम्स०बाट प्रमाणीकरण भएको रुटमा शनिवार राति भएको रोड रेसमा १० किमी खुला पुरुषतर्फ अक्कलले ३२ः१८ः०० मिनेटमा निर्धारित दुरी पुरा गर्दै प्रथम हुँदा भुपेन्द्र सुनार दोस्रो भए । उनले ३३ः०४ः७७ मिनेटमा दुरी पुरा गरे । यसमा बाँके नरैनापुरका अरविन्द यादवले ३३ः०८ः०९ मिनेटमा पुरा गर्दै तेस्रो भए । महिला १०किमीतर्फ धादिङकी सन्तोषी ३९ः०९ः००… पुरा पढौ

खेलाडी मनोनयन सार्वजनिक

कास्की-दशौं रारा पोखरा स्पोर्टस अवार्डको खेलाडी मनोनयन सार्वजनिक गरिएको छ । बिहीबार खेलकुद पत्रकार मञ्च गण्डकीले यही बैशाख ३१ ग्ते प्रदान गरिने स्पोर्टस अवार्डको विभिन्न विधाका मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरिएको हो । उत्कृष्ट पुरुष तर्फ प्रदीप खड्का(लनटेनिस), विज्ञान टी.खत्री(जुडो) र सन्जुविक्रम शाह(भलिबल) मनोनयनमा परेको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । यसैगरी महिला तर्फ नारायणी भण्डारी (एथलेटिक्स), मोनिका राना (आर्चरी) र मनिष तामाङ (जुडो)रहेका छन् । उदीयमान खेलाडीमा निभा राई(व्याडमिन्टन), अनुष्का अधिकारी(एथलेटिक्स), सचिन सुनार(तेक्वान्दो) रहेका छन् । उत्कृष्ट… पुरा पढौ

नेपाल पुलिस क्लबलाई उपाधि

पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट कुर्नुपरेको थियो । १० खेलाडीम सिमित त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै (५–४) पुलिस च्याम्पियन बन्न सपल भयो । पेनाल्टीमा पुलिसका लागि रेखा पौडेल, समिक्षा घिमिरे, पुजा राना, सविना चौधरी र वर्षा चौधरीले गोल गर्दा गोलरक्षक उषा चौधरीको पेनाल्टी आर्मीकी गोलरक्षकले… पुरा पढौ

घरेलु टोली विरुद्ध नेपाल पुलिसको सानदार जित

पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा ८(० निकाल्यो । नेपाल पुलिस क्लबकी अन्तराष्ट्रिय खेलाडी रेखा पौडेलले ह्याट्रिक पुरा गरिन् । उनले आरएस विरुद्ध सर्वाधिक पाँच गोल गरिन् । आर एस फुटबल क्लब पोखराको आयोजनामा शुरु भएको प्रतिस्पर्धा पोखरामा पहिलो थियो । पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना गरिएको… पुरा पढौ

अन्तिम तयारीमा जुट्दै मञ्च

पोखरा-नौ विधामा पुरस्कार दिईने दशौं सस्करणको रारा पोखरा स्पोर्टस अवार्डको तयारी अन्तिम चरणमा छ । खेलकुद पत्रकार मञ्च गण्डकीले यही बैशाख ३१ गते पोखरा इभेण्ट सेन्टरमा विभिन्न विधामा पुरस्कार प्रदान गर्ने छ । मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको उत्पादन तयारी चाउचाउले गरेको छ । विभिन्न संघसंस्थाले विभिन्न विधामा पुरस्कार प्रायोजन गरेको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । उत्कृष्ट महिला, उत्कृष्ट पुरुष, स्पेशल अवार्ड, उदीयमान, दर्शक छनोट(पिपुल्स च्वाईस), लाईफटाईम अचिभमेन्ट, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल पत्रकार र उत्कृष्ट क्लब तथा संघसंस्थालाई… पुरा पढौ

जीवारामलाई अप्रिल मन्थ्ली मेडल गल्फ उपाधि

पोखरा-पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित अप्रिल महिनाको मन्थ्ली मेडल गल्फको उपाधि इन्स्पेक्टर जीवाराम गुरुङले जितेका छन् । स्ट्रोक प्ले फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा जीवारामले ७४ स्कोरसहित उपाधि जित्न सफल भए । उपविजेता भने सुजन थापा भए । उनले ७५ को स्कोर गरेका थिए । हिमालयन गल्फ कोर्षमा प्रत्येक महिनाको अन्तिम शनिबार मन्थ्ली मडेल गल्फ प्रतियोगिता हुदैं आएको छ । हिमालयन गल्फ क्लबको आयोजना हुने प्रतिस्पर्धामा पोखरामा एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्दै आएका छन् । गत मार्चमा भएको प्रतिस्पर्धामा… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डलाई टाइगर गु्रपको साथ

पोखरा-रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहेको दशौं पोखरा स्पोर्टस अवार्डलाई सहयोग गर्ने क्रममा टाईगर ग्रुप पनि जोडिएको छ । विभिन्न संघसंस्थाले सहयोगी भूमिका खेलिरहेको अवस्थामा टाईगर ग्रुप पनि अवार्डको हिस्सेदारी बनेको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । आगामी वैशाख १८ गते पोखरामा हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डका टाईगर गु्रप अफ पोखराका अध्यक्ष नारायण शर्मा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर बीच सहयोग गर्ने गरी सम्झौता भएको छ ।सम्झौता पत्रमा हस्ताक्षर गर्दै टाईगर गु्रप… पुरा पढौ

छैटौं एनसेल टाइगर कपमा बाईसलाख बचत

पोखरा-टाईगर ग्रुफ पोखरा नेपालले छैटौं एनसेल टाईगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताको आय व्यय सार्वजनिक गर्दै २२ लाख ६५ हजार रुपैयाँ बचत गरेको छ । गत माघ ९देखि १९ गतेसम्म पोखरा रगशाला भलिबल कोर्टमा आयोजित प्रतियोगितामा एनसेलले मुख्य प्रायोजन गरेको थियो । टाईगर ग्रुपले सार्वजनिक गरेको आयव्यय अनुसार १ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको उल्लेख छ । त्यस्तै एक करोड ३७ लाख रुपैयाँ खर्च भएको शनिबार सार्वजनिक गरिएको आयव्यय विवरणमा उल्लेख छ । ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले… पुरा पढौ