कर्पोरेट

युनाइटेड क्लबको नेतृत्व गणेशको काँधमा

पोखरा-युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएका छन । क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि गणेश तिमिल्सिना अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शान्त बहादुर थापा, प्रथम उपाध्यक्षमा सूर्य बहादुर बानियाँ, द्धितिय उपाध्यक्षमा दिनेश सुनार, महासचिवमा सन्तोष कार्की, कोषाध्यक्ष जयराम आचार्य, सचिवमा विष्णु कुमार गुरुङ, सह कोषाध्यक्षमा शिव थापा निर्वाचित भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा पूर्ण कुमार श्रेष्ठ, शान्ति सुवेदी, बुद्ध कार्की, पदम बहादुर कार्की (बिजय), गणेश… पुरा पढौ

दुई अण्डरसहित नगरकोटी बने मास्टर नेपाल

मुस्ताङ-नेपाली शीर्ष बरियताका गल्फर भुवन नगरकोटी सर्वाधिक उचाईको गल्फ कोर्षमा दुई अण्डर ५४ को कार्ड बनाउँदै माष्टर नेपाल बनेका छन् । झण्डै ४८ सय मिटरको उचाईमा रहेको मुस्ताङ गल्फ कोर्षमा नगरकोटीले दुई अण्डर खेल्दै ५४ स्कोरको कार्ड बनाउँदै उपाधि जित्न सफल भए । प्रतिकुल मौसमका कारण केवल १४ होलमा समेटिएको खेलमा उनले दुई अण्डर खेलेका हुन् । जुन पाँचौ संस्करणसम्म आईपुग्दा पहिलो पटक अण्डरको स्कोरको कार्ड बन्यो । ेटी फर क्लाईमेट नाम दिइएको प्रतियोगितामा नेपालका शीर्ष बरियता पाँच गल्फरको सहभागिता… पुरा पढौ

सलिको मिडिया कप फुटसलको इन्स्योरेन्स पार्टनर

पोखरा-कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ गते सुरु हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’को इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) रहेको छ ।सलिकोका पोखरा प्रमुख राजेश केसी र कल्पका अध्यक्ष सुरज श्रेष्ठबीच भएको सम्झौता अनुरुप खेलका दौरान प्रत्येक खेलाडीको बीमा गरिने भएको छ । प्रतियोगितालाई स्वस्थ र सुरक्षित राख्न सलिकोको योगदान रहने भन्दै प्रमुख केसीले कम्पनीको उद्देश्यअनुरुप कल्प मिडियाको सहयोगी बनेको बताए । कुनैपनि खेलमा कम्पनीले सुरुवाति दिनदेखि नै… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ हुने

पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र टिम दर्ता गरािसक्नुपर्नेछ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र… पुरा पढौ

टप अफ दि वर्ल्ड क्लासिक गल्फको पाँचौ संस्करण

धन बस्नेत पोखरा-सर्वाधिक उचाईको गल्फ कोर्षको विश्व कीर्तिमान राख्ने योजनासहित शुरु भएको “टप अफ दि वल्र्ड गल्फ क्लासिक” को पाँचौ संस्करण यही भदौ १५ गतेदेखि शुरु हुदैै छ । ४६४५ मिटरको उचाईमा रहेको मुस्ताङ गल्फ कोर्षमा पाँचौ संस्करणको गल्फ प्रतियोगिता आयोजना हुदैं छ । “टि फर क्लाईमेट” नाम दिइएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको प्रत्यक्ष प्रभाव बारे खेलकुदको माध्यमबाट देखाउने र सचेत बनाउने ध्येयसहित मुस्ताङ गल्फ कोर्षले विगत पाँचवर्षदेखि गल्फ प्रतियोगितालाई निरन्तरता दिदैं आएको छ । प्रतियोगिताको निरन्तरताले… पुरा पढौ

नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा

काठमाडौं-सिटिजन बैंककी नङ्गशल तामाङ र एपिएफकी रिहाना सेरचनको जोडी लिनिङ्ग १४ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०८३ को अन्तिम आठमा प्रवेश गरेका छन् । सहआयोजक यल स्पोर्टस् एकेडेमीको कभर्डहलमा भएको प्रतियोगितामा तामाङ र सेरचनको जोडीले नेपाल पुलिस क्लबका श्रेया बज्राचार्य र अश्मिता खत्रीको जोडीलाई २१–१५, २३–२१ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् । अन्तिम आठमा प्रवेश गर्ने क्रममा चितवनकी सुषमा भुजेल र कास्कीकी दिलाशा रानाको जोडीले आर्मीकी अनुमाया राई र सम्बृद्धि श्रेष्ठको जोडीलाई… पुरा पढौ

क्षितिज, बिष्णु र प्रफुलले सेमिफाईनल पक्का

काठमाडौं-एपिएफका क्षितिज खनाल, पिस फिटनेश क्लबका बिष्णु कटुवाल र नेपाल आर्मीका प्रफुल महर्जन लिनिङ्ग चौधौं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ पुरुष एकल तर्फ सेमिफाईनलमा स्थान पक्का गर्न सफल भएका छन् । समूह ए को लिग खेलमा क्षितिजले दोश्रो जित हात पार्दै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् । क्षितिजले आज भएको लिगको दोश्रो खेलमा नेपाल पुलिसका जीवन आचार्यलाई २१–१३, २३–२१ को जित निकाल्दै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् । क्षितिजले आफ्नो पहिलो खेलमा नम्बर एक तथा पूर्व बिश्व… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ समर हाइकिङ

पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको थियो । यो वर्ष भने सहाराले एकविहानको समर हाइकिङको योजना बनाएको छ । आउने शनिबार समर हाइकिङ मार्फत एकेडेमीलाई आर्थिक सहयोग जुटाउने क्लबको योजना छ । त्यही जुटेको सहयोगले एकेडेमीका बालकहरुको उज्वल भविष्य बनाउन खर्च गरिने क्लबले जनाएको छ । पोखरा महानगरपालिका–वडा… पुरा पढौ

स्पोर्टस अवार्डबाट ७ लाख ७१ हजार बचत

पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीले दशौं पोखरा स्पोर्टस अवार्डबाट सात लाख ७१ हजार रुपैयाँ बचत गरेको छ । गत बैशाख ३१ गते पोखराको इभेण्ट सेन्टरमा आयोजित प्रदेशकै उत्कृष्ट स्पोर्टस अवार्डबाट मञ्चले ७ लाख रुपैयाँ बचत गरेको आईतबार सार्वजनिक गर्यो । मञ्चले स्पोर्टस अवार्डबाट विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था तथा व्यक्तिविशेषबाट ३४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो । अवार्ड कार्यक्रममा मञ्चले सत्ताईस लाख रुपैयाँ खर्च गरेको आयव्यय विवरण सार्वजनिक गर्यो । अवार्ड कार्यक्रमलाई विशेष गरी प्रदेश खेलकुद परिषद गण्डकीले… पुरा पढौ

जीवारामलाई जुलाई मन्थ्ली मेडल गल्फ

पोखरा-हिमालयन गल्फ कोर्ष मझेरीपाटनमा शनिबार आयोजित जुलाई मन्थ्ली मेडल गल्फको उपाधि इन्स्पेक्टर जीवाराम गुरुङले जितेका छन् । पार ६९ को कोर्षमा स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाइएको प्रतिस्पर्धामा ३५ स्कोरसहित जीवाराम च्याम्पियन बने । ३३ स्कोर गरेका एएसपी लिलाजंग गुरुङ उपविजेता बने । हिमालयन गल्फ क्लबले मासिक रुपमा आफना क्लब सदस्यहरु बीच मन्थ्ली मेडल गल्फ प्रतियोगिता आयोजना गर्दै आएको छ । १८ होलको कोर्षमा विभिन्न प्रतियोगिता आयोजना हुदैं आएका छन् । विजेता गल्फरलाई लमजुङस्थित ब्रिटिस वेल्फेयर अफिसर सुवास घलेले पुरस्कार प्रदान… पुरा पढौ