कर्पोरेट

अन्तराष्ट्रिय श्रवणदृष्टिविहीन दिवसमा सडक दौड

पोखरा-यही असार १३ गते अन्तराष्ट्रिय श्रवणदृष्टिविहीन दिवसको अवसरमा श्रवणदृष्टिविहीन संघ पोखराले पाँच किलोमिटर खुल्ला महिला तथा पुरुष दौड आयोजना गर्ने निर्णय गरेको छ । श्रवणदृष्टिविहीन प्रति समाजमा जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले पहिलो पटक महिला तथा पुरुष दौड आयोजना गर्ने तयारीमा गरेको हो । संघका अध्यक्ष पुष्पराज रिमालले श्रवणदृष्टिविहीनता सम्बन्धी बुझाई बृद्धि गर्न पाँचकिलोमिटर दौड आयोजना गरिएको स्पष्ट पारे ।पोखराको सृजनाचोकबाट शुरु भई दौड रत्नचोक, राष्ट्रिबैंक चोकहुदैं ड्यामसाईड पुगेर ड्यामसाईडबाट पार्दीमाथि मुस्ताङचोक हुदैं पृथ्वीचोक, सृजनाचोकस्थित साईमन पार्टी प्यालेसमा पुगेर समापन हुने… पुरा पढौ

राष्ट्रियदेखि ग्रासरुट तहसम्मका खेल समावेश

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले ‘खेल सप्ताह’ आयोजना गर्ने भएको छ । खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यसहित यहीं जेठ ३० गतेदेखि ‘खेल सप्ताह’ आयोजना गर्ने लागिएको हो । समितिले राष्ट्रिय तथा ग्रासरुट तहका विभिन्न खेल समेटेर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । खेल सप्ताह आगामी असार ५ गते सम्म सञ्चालन हुनेछ । पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारका अनुसार खेल सप्ताहमा कुल सात वटा खेल समावेश गरिएका छन् । तीमध्ये दुई वटा… पुरा पढौ

दिप्सन लामा मे महिनाको मन्थ्ली मेडल

पोखरा-हिमालयन गल्फ क्लबको आयोजनामा सञ्चालित मे महिनाको गल्फ मन्थ्ली मेडलको उपाधि दिप्सन लामाले जितेका छन् । पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा लामाले ३६ स्कोरसहित उपाधि जितेका हुन् । उनले रनर अफ सुजन थापालाई एक स्कोरले पछि पार्दै उपाधि जितेका हुन् । स्टेबल फोर्ड फूल ह्याण्डीक्यापको आधारमा खेलाईएइको प्रतिस्पर्धामा थापा ३५ स्कोरसहित उपविजेतामा चित्त बुझाए । उनीहरुलाई कास्की जिल्ला गल्फ संघकी द्धितीय उपाध्यक्ष बालकाशी गुरुङले ट्रफी प्रदान गरिन् । हिमालयन गल्फ क्लबले मासिक रुपमा कोर्षमा आफना सदस्यहरु बीच… पुरा पढौ

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

पोखरा-कीर्तिमान नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ । पोखरामा आयोजित कार्यक्रमका बीच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो । यसअघि २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो । त्यो सम्झौताको केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नविकरण गर्दै थप पाँच वर्षको लागि सम्झौता गरेको हो । ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरी र सन्दीप लामिछानेले सम्झौता पत्रमा… पुरा पढौ

पोखरामा “वाकिङ फुटबल”

पोखरा-उमेर ढल्कियो । कपाल फुल्यो । गोडा त्यति चल्दैन् । तर उत्साह भने उस्तै रह्यो । मनले खेल्यो । तनले आराम खोज्यो । उमेरमा हानेको फुटबलको झल्को उमेर ढल्किएपछि फेरी हान्दा उत्साह उमंग र जोश मात्रै होईन आत्मिता झल्कियो । त्यही आत्मियता झल्काउने फुटबल प्रतियोगितालाई “वाकिङ फुटबल” नाम दिईयो । सधैं उमेर समूहले मात्रै प्रतिस्पर्धा गर्ने फुटबल पोखराको मालेपाटनमा भने ७० वर्षदेखि ९२ वर्ष उमेर पुरा गरेको पाकाले खेले । उमेरमा हानेको फुटबलको झल्को मेटाए । मनले बल भेट्यो तर… पुरा पढौ

जेठ २० मा छैटौं अन्नपूर्ण म्याराथन

पोखरा-साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण सेन्चुरी पर्यटन समिति कास्कीले आगामी जेठ २० गते अन्नपूर्ण म्याराथनको छैटौं संस्करण गर्ने तयारीमा जुटेको छ । समितिले मौरिस हर्जोग(फ्रान्सेली पर्वतारोही) ले अन्नपूर्ण हिमाल आरोहणको अवसरमा जेठ २०(जून ३)मा वर्षेनी म्याराथन आयोजना गर्दै मनाउने गरेको छ । ४१३० मिटरको उचाईबाट शुरु हुने यो दौड कास्कीको पर्यटकीय गाँउ घान्द्रुक आएर टुंगिने छ । एभरेष्ट म्याराथनपछिको सर्वाधिक उचाईको यो दौडले पर्यटन प्रवद्र्धन मात्रै नभई पर्वतारोही मौरिस हर्जोगको सम्मानार्थ समेत आयोजना गरिएको समितिले उल्लेख गरेको छ… पुरा पढौ

प्रदीप र नारायणी वर्ष खेलाडी

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको १० औं पोखरा स्पोर्ट्स अवार्डमा टेनिस प्रदीप खड्का र नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी भएका छन् । पोखरामा बिहीबार भएको कार्यक्रममा वर्ष उत्कृष्ट पुरुषतर्फ खड्का र महिलातर्फ नारायणी भण्डारी सर्वोत्कृष्ट भएका हुन् । वर्ष उत्कृष्ट पुरुष खेलाडीले अवार्डसँगै हिरोको जुम स्कुटर प्राप्त गरेका छन् । पुरुषतर्फको विधाको मनोनयनमा विजेता खड्कासँगै जुडोका विज्ञान टि खत्री र भलिबलका सञ्जुविक्रम शाह रहेका थिए । भने महिलातर्फ भण्डारीसँगै जुडोकी मनिषा तामाङ र आर्चरीकी मोनिका रानामगर मनोनयनमा रहेकी… पुरा पढौ

स्पोट्र्स अवार्डको रौनकसँगै गण्डकीमा जुर्मुराउँदो खेल पर्यटन

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्ट्स अवार्डको पूर्व सन्ध्यामा गण्डकीमा खेल पर्यटनको चर्चा सुरु गरिएको छ । मञ्चले ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ विषयक सत्र सञ्चालन गरी गण्डकी प्रदेशमा खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त सम्भावना भए पनि राज्यको स्पष्ट नीति र लगानीको अभाव रहेको विषयमा छलफल गरिएको छ । उक्त सत्रमा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद्, गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर… पुरा पढौ

खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो

पोखरा- गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ मा वक्ताहरुले यस विषयमा जोड दिएका छन् । सम्मेलनमा वक्ताका रुपमा थिए, पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद्, गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङ र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन… पुरा पढौ

वर्ष महिला खेलाडी को होला

पोखरा-दशौंं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्ट को होला भन्ने चर्चा चल्न थालेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ । वर्ष महिला खेलाडीको मनोनयनमा परेका ३ जनामध्ये सर्वोत्कृष्ट एकजनाले अवार्डसहित स्कुटर प्राप्त गर्नेछन् । मनोनयन पर्नेहरुमा एथ्लेटिक्सकी नारायणी भण्डारी, जुडोकी मनीषा तामाङ र आर्चरीकी मोनिका राना मगर हुन् । उनीहरुको समान विशेषता भनेको सबैजना स्पोर्टस् अवार्डका लागि पहिलोपल्ट मनोनयनमा परेका हुन्… पुरा पढौ