कर्पोरेट

लामाचौर कप महिला तथा पुरुष भलिबल मंगलबारदेखि

पोखरा-एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीचको उदघाटनसँगै लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । ४ दिनसम्म चल्ने प्रतियोगिताको आयोजक नव आदर्श विकास समाजले खेल तालिका सार्वजनिक गरेको छ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ । मंगलबार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा २ बजे दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल टिम र नेपाल पुलिस आमनेसामने… पुरा पढौ

अगष्टको मन्थ्ली मेडल सुवेदीलाई

पोखरा-अगष्ट महिनाको मन्थ्ली मेडल गल्फको उपाधि कमल सुवेदीले जितेका छन् । उनले पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा ७१ स्कोरसहित उपाधि जित्न सफल भए । पार ६९ को कोर्षमा उनले क्याप्टेन बद्री राईलाई एक स्कोरले पछि पार्दै नेट तर्फको उपाधि आफनो बनाए । ग्रस तर्फको प्रतिस्पर्धामा प्रज्वल गुरुङ ले जिते । उनले ७५ स्कोर गरे । लङगेष्ट ड्राईभको पुरस्कार एएसपी भक्तराज गुरुङले जित्दा होल नजिक हिर्काउँदै प्रज्वल गुरुङ ले व्यक्तिगत पुरस्कार थापे । स्ट्रोक प्लेमा खेलाईएको प्रतिस्पर्धामा २५… पुरा पढौ

लामाचौर तीज महोत्सवमा महिला तथा पुरुष भलिबल

पोखरा-नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ मा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने छ । महिलाको ११ औं सस्ंकरण र पुरुषको तेस्रो संस्करणको लमाचौर कप भलिबल प्रतियोगिता हुने छ । मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हो । महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप हो । दुवैतर्फ नेपालका ३ विभागीय टिमसहित ५÷५ टिमले भाग लिने जनाइएको… पुरा पढौ

नेपालगन्ज म्याराथनको १० औं संस्करण मंसिर २२ गते

नेपालगन्ज-धारा नेपालगन्ज म्याराथनको १० औं संस्करण आउँदो २२ मंसिर, २०८१ शनिबार आयोजना हुने भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दशौं संस्करणको मिति तय गरेको हो । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनका लागि २०८१ भदौ १ देखि खेलाडी दर्ता खुला गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), ५ किमी… पुरा पढौ

विष्ट र गुरुङलाई गल्फ उपाधि

पोखरा-तेस्रो संस्करणको उच्च उचाईमा आयोजित गल्फको उपाधि पुरुष तर्फ इन्द्रधारा विष्ट र महिला तर्फ बालकासी गुरुङले जितेकी छन् । ९ होलको उपल्लो मुस्ताङको लोवाथाङस्थित मुस्ताङ गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा विष्टले ३ अण्डर २१ को कार्डसहित च्याम्पियन बने । तीन वर्ष अघि मात्रै पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा गल्फ खेल्न शुरु गरेका विष्टले आफनै भूमीमा उपाधि उचाल्दै इतिहास बनाए । स्टेबल फोर्डमा खेलिएको प्रतिस्पर्धामा महिला तर्फ ५ अण्डर २३ को कार्ड बनाउँदै उपाधि आफनो नाममा लेखाईन् । ४ हजार ६ सय… पुरा पढौ

गणेशलाई गल्फको जुलाई मन्थ्ली मेडल

पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा आयोजित जुलाई महिनाको मन्थ्ली मेडल क्याप्टेन गणेशकुमार गुरुङ ले जितेका छन् । शनिबार पार ६९ को कोर्षमा भएको प्रतिस्पर्धामा नेट तर्फ उनले उपाधिको लागि ३८ स्कोर गरे । सन्तोष उपविजेतामा चित्त बुझाए ।इन्जियिनर सन्तोष गुरुङ ले काउन्ट व्याकमा इन्स्पेक्टर लिलाजंग गुरुङ पराजित गर्दै उपविजेता बने । दुवैले स्कोर ३३ बनाएका थिए । पाहुना तर्फका उपाधि अमिन थापाले जिते । ग्रस तर्फको उपाधि भने कास्की जिल्ला गल्फ संघका अध्यक्ष समेत रहेका गल्फर जीवाराम गुरुङ ले जिते ।… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो । क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका… पुरा पढौ

पोखरा १३ लाई हेमजा भेट्रान्स कपको उपाधि

पोखरा-हेमजा भेट्रान्स कपको उपाधि पोखरा १३ ले हात पारेको छ । शुक्रवार भएको फाईनल खेलमा वडा न १३ ले १२ लाई ३–० गोल अन्तरले पराजित गदै बिजेत बन्यो । खोलको ७ औं मिनेटमा नरेन्द्रजगं गुरुङले पहिलो गरे । साथै राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा गरि थप २ गोल गर्न सफल भए । वडा न।१२ ले उप–विजेतामा नै चित्त बुझायो । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार ११ र उप–बिजेताले ५५ हजार ५ सय ५५ नगद सहित… पुरा पढौ

गण्डकीका चार बक्सर तौल समूहमा च्याम्पियन

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा आयोजित राष्ट्रिय बक्सिङ प्रतियोगितामा पुरुष तर्फ फ्लाई वेट(५१ केजी)मा बागमती प्रदेशका लालप्रसा उप्रेती च्याम्पियन बनेका छन् । उनले कर्णाली प्रदेशका लक्ष्मण राईलाई पराजित गरेका त्यसैगरी फेदरवेट(५७ केजी) समूहको प्रतिस्पर्धामा लुम्बिनी प्रदेशका अनिल पुन मगरले गण्डकी प्रदेशका चन्द्र मगरलाई पराजित गर्दै च्याम्पियन बने । त्यस्तै लाईटवेट(६० केजी) समूहमा गण्डकीका शिव सिलवालले सुदुर पश्चिममा रामबहादुर थापालाई पराजित गर्दै च्याम्पियन बने । लाईट वेल्टर(६३.५ केजी) तौल समूहमा भने गण्डकीका निश्चिल गुरुङले… पुरा पढौ

भक्तराजलाई व्याक टु ब्याक गल्फ मन्थ्ली मेडल

पोखरा-पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित हिमालयन गल्फ क्लब मन्थ्ली मेडलको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । शनिबार १८ होलको पार ६९ कोर्षमा भक्तराजले ४४ अंकसहित मे महिनाको मन्थ्ली मेडल आफनो नाममा लेखाए । उनले लगातार दोस्रो पटक मन्थ्ली मेडलको उपाधि आफनो नाममा लेखाएका हुन् । फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा सन्देश सिग्देल उपविजेता बने । उनले ३७ स्कोर गरेका थिए । ग्रस तर्फको उपाधि इन्सपेक्टर जीवाराम गुरुङले जिते । विजेताहरुलाई व्रिटिस क्याम्प पोखराका मेजर डेविड कार्टरले पुरस्कार प्रदान… पुरा पढौ