कर्पोरेट

आगामी शनिबार पोखरामा रात्रीकालिन सडक दौड

पोखरा-पोखरामा आगामी शनिबार रात्रीकालिन सडक दौड हुदैं छ । पोखराको बजारमा पोखरा पहिलो पटक पोखरा नाईट स्ट्रिट रन हुने छ । यसै वर्ष नेपालगन्जमा रात्रीकालिन दौड आयोजना गरिएको थियो । दौडका संयोजक दीननाथ बरालका अनुसार सडक दौड ५ किलोमिटरको हुने छ । यद्यपी दुरी झण्डै ७ किलोमिटरको हुने अनुमान गरिएको छ । पोखराका लेकसाईडस्थित सेन्टरप्वाईन्टबाट हल्लनचोक हुदैं जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोकबाट उक्लिएर न्युरोडबाट विपिचोक हुदैं महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर टुंगिने छ । पोखरा होटल संघले फेवा नव वर्षको आयोजना गर्दै छ… पुरा पढौ

पिपुल्स च्वाईस अवार्डमा भोटिङमा सहकार्य

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौं पोखरा स्पोर्टस अवार्डका लागि आईएमई खल्तीले सहकार्य गर्ने भएको छ । विशेषगरी अवार्डअन्तर्गत पर्ने ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्तीले अनलाइन भोटिङ व्यवस्थापनमा सहकार्य गर्नेछ ।शुक्रबार आयोजित कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेल र आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेश इन्चार्ज एण्डिज बस्नेतबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता कार्यक्रममा बोल्दै आईएमई खल्तीका गण्डकी प्रदेश इन्चार्ज बस्नेतले पोखरामा विगत पाँच वर्षदेखि सेवा विस्तार गर्दै आएको खल्तीले गण्डकीकै प्रतिष्ठित कार्यक्रम पोखरा स्पोर्टस… पुरा पढौ

खेलाडी तथा प्रशिक्षकसँग रास्वपाको खेलकुद विभागको छलफल

पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा खेलकुद प्रशिक्षक र खेल संघका पदाधिकारीले गुनासोको पोका फुकाएका छन् । उनीहरुले केही खेलको पूर्वाधारको समस्या केही खेल सामाग्रीले नियमित प्रशिक्षण गराउन नसकिएको गुनासो एकैसाथ गरे । सहभागी खेलाडी तथा प्रशिक्षकहरूले खेल क्षेत्रभित्र देखिएका विविध समस्या, चुनौती तथा विकृतिहरूबारे खुलाएका थिए । खेल पूर्वाधारको अभाव, अवसरको असमानता, व्यवस्थापनमा कमजोरी, प्रशिक्षण सामाग्री अभावले हुने असर लगाएका विषयमा बुदाँगत रुपमा उल्लेख गरे । खेलाडी तथा प्रशिक्षकले गरेको गुनासोलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफनो गुनासो पुस्तकमा लिपिबद्ध गर्यो… पुरा पढौ

सहारालाई हिमश्रीको काँध

धन बस्नेत/पोखरा: जतिबेला नेपालमा फुटबलको अवस्था शून्यता तर्फ उन्मुख थियो, त्यतिबेला नै पोखराको सहारा क्लबले फुटबलमा आफनो जग बसाल्यो । त्यो जगलाई पोखराकै प्रतिष्ठित व्यवसायिक घराना हिमश्री फुड्स प्रालिले बलियो बनायो । क्लबको स्थापना नै तत्कालिन माओवादीको जनयुद्धको प्रारम्भ पछि भएको थियो । २०५५ सालमा पोखराकै बसपार्कबाट उदय भएको क्लब अहिले नेपालकै उत्कृष्ठ क्लबमा दरिएको थियो । फुटबल मात्रै होईन आवासीय फुटबल एकेडेमी शुरु गरेको छ । आवासीय एकेडेमीमा अहिले ३० जना बालक आश्रित छन् । जुन क्लबको चौथो व्याचको… पुरा पढौ

रात्रीकालिन दौड, चुनौतिको भार

पोखरा-यही चैत अन्तिम साता पोखरामा नाईट रन(रात्रीकालिन दौड) आयोजना हुदैं छ । जुन पोखरामा पहिलो पटक आयोजना हुने छ । दौड केबल साढे पाँच किलोमिटरको हुने आयोजकले जनाएको छ । रात्रीकालिन दौड आयोजना गरिरहँदा चुनौति बढी रहेको औल्याइएको छ । रात्रीकालिन दौड त्यसमा पनि राती स्वयसेवक व्यवस्थापन, सवारी व्यवस्थापन, कृत्रिम प्रकाश(बत्ती)को व्यवस्थापन लगायतका चुनौति छन् । ती चुनौतिप्रति गम्भीर बन्नुपर्ने सुझाव खेल सघका पदाधिकारीले औंल्याएका छन् । पोखरामा नयाँ इभेण्टको रुपमा रहेको रात्रीकालिन दौड आफैंमा चुनौतिपूर्ण रहेको जिकिर उनीहरुको थियो… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल चैत्रको ११ देखि हुने

पोखरा-माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४, लाहाचोकमा चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ ।माछापुच्छ्रे गाउँपालिका वडा नं–४,लाहाकोको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घको समन्वयमा चैत्र ११ देखि १४ गते सम्म उक्त प्रतियोगिता लाहाचोक –४,को महेन्द्र मा।बिको खेलमैदान सञ्चालन हुने गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले जानकारी दिए । स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष… पुरा पढौ

दुईसय ५१ खेल, ६२९ गोल

पोखरा-क्याराभान बाहेक सहाराले आयोजना गरेको आहा हुदैं आहारारा पोखरा गोल्डकपमा २५१ खेलको कोशेढुंगा पार गरिसकेको छ । सहाराले क्याराभानसहित आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करण फागुनको ९ गते विधिवत टुग्याउँदा सहारा क्लबले उपाधि रक्षा गरेको थियो । दुईसय ५१ खेल सकिदाँ सहभागिता टिमहरुले ६२९ गोल गरेको तथ्यांक छ । गोल पेनाल्टी सुटआउट बाहेक हो । यो तथ्यांक हारजित हुने क्लबहरुको कुल गोलसख्या हो । प्रतिखेल दुई दशमलव ५ गोल औसत देखिन्छ । पच्चीसौं संस्करणसम्म आईपुग्दा सहारा क्लबले पाँच सँस्करण… पुरा पढौ

यसैसाता पोखरामा खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप

पोखरा-साहसिक खेलको पर्याय बनेको प्याराग्लाईडिङ च्याम्पियनसिप हुदैं छ । नेपाल हवाई खेलकुद संस्था(ना)ले यही चैत ५ गतेदेखि २१ औं संस्करणको खुला नेपाल प्याराग्लाईडिङ च्याम्पियनसिप गर्ने तयारी गरेको हो । कोभिडको संक्रमणसँगै रोकिएको प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजनाको संघारमा रहेको नाले जनाएको छ । च्याम्पियनसिप चैत ५ देखि ७ गतेसम्म आयोजना हुने छ । च्याम्पियनसिपले पोखराको आकाशमा फेरी प्याराग्लाईडिङको रौनक आउने विश्वास छ । साहसिक प्याराग्लाईडिङ मार्फत पोखराको पर्यटन प्रवद्र्धनमा आयाम हुने अपेक्षा गरिएको छ । नवा राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखराको आकाशमा शो… पुरा पढौ

पच्चीस वर्षे यात्रामा ५५ क्लबको सहभागिता

धन बस्नेत/पोखरा सहारा क्लबले गोल्डकप आयोजनाको पच्चीसौं वसन्त पार गर्यो । पच्चीस वर्षको यो रजत वर्षमा नेपाली र विदेशी क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्यो । दुई पटक उपाधि विदेशिदाँ बाँकी सँस्करण भने स्वदेश भित्रै रह्यो । अफ्रिकन युनाईटेड र ब्ल्याक बुल्स उज्वेकिस्तानले जित्दा उपाधि विदेशिन पुग्यो । क्याराभान गोल्डकप ०५८ सालमा शुरु गरेको थियो । त्यसपछि क्लबलाई हौसला थप्यो हिमश्री फुड्स प्रालिले । हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गरेसँगै सहाराले गोल्डकप यात्रालाई ०८२ सालको पच्चीसौं संस्करणलाई विट मार्यो । यो… पुरा पढौ

राईलाई फेब्रुअरीको मन्थ्ली मेडल गल्फ

पोखरा-फेब्रुअरी मन्थ्ली मेडल गल्फको उपाधि क्याप्टेन हरी राईले जितेका छन् । शनिबार पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा उनले ४३ स्कोरसहित उपाधि जित्न सफल भए । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा भएको प्रतिस्पर्धमा राईले ७ अण्डरको स्कोरसहति उपाधि जित्न सफल भए । चार अण्डर ४० सहित कलम सुवेदी उपविजेता बन्न सफल भए । त्यस्तै मेजर विजय मोक्तान काउण्ट व्याकमा तेस्रो स्थानमा चित्त बुझाए । ग्रस तर्फको पुरस्कार भने क्याप्टेन बद्री राईले जितेका छन् । लङगेष्ट ड्राईभ हिर्काउँदै इन्स्पेक्टर जीवाराम गुरुङले… पुरा पढौ