कर्पोरेट

चौथो अभियान पुरुष भलिबल प्रतियोगिता कात्तिक दोश्रो साता

पोखरा -अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता कात्तिकको दोश्रो साता हुने भएको छ । कात्तिक ११, १२ र १३ गते खेलाइने उक्त प्रतियोगिताका लागि टिम दर्ता खुला गरिएको हो । संघ संस्था तथा क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागि गराइने प्रतियोगिता संयोजक तथा क्लवका अध्यक्ष राजु गिरीले बताए । उनका अनुसार पहिला आउनेलाई पहिलो प्राथमिकता अनुसार १२ टिमको दर्ता भएपछि दर्ता प्रक्रिया रोकिनेछ । रकम संकलन भन्दा पनि युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न प्रतियोगितालाई… पुरा पढौ

रत्न र सुनिलको जोडीको विजयी सुरुवात

काठमाडौं- ११ स्टार क्लबका रत्न बज्राचार्य र सुनिल शाक्यको जोडी बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ मा पुरुष युगल तर्फ बिजयी सुरुवात गर्न सफल भएका छन् । रत्न र सुनिलको जोडीले आयोजक क्लबका पूर्णभक्त चित्रकार र अनिल महर्जनको जोडीलाई २१–८, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । बालकुमारी रिमिक्स क्लबको आयोजनामा बिहिबाारदेखि सुरु भएको प्रतियोगितामा महालक्ष्मी टोल विकासका रञ्जित घतानी र सुक्र तामाङ्गको जोडी ठेचो ब्याडमिन्टन क्लबका बिशाल बस्नेत र ईन्द्र… पुरा पढौ

काठमाडौंमाथि चितवनको महत्वपूण जित

पोखरा-हार तर्फ उन्मुख भएको चितवन टाईगर्सले काठमाडौं किङ्स ११ लाई ३ विकेटले पराजित गरेको छ । कमलसिंह ऐरीले नो बलको फाईउदा उठाँउदै १८ औं ओभरमा जनक प्रकाशलाई लगातार दुई छक्का प्रहार गरेपछि चिवतनले खेललाई युटर्न गराउँदै जितको नतिजा दिलाए । ८ बल बाँकी रहदाँ चितवनले जित निकाल्न सात विकेट गुमाएको थियो । आठौं विकेटको लागि राजेश पुलामी र ऐरीको जोडीले ४२ रनको साझेदारी निभाउँदै जितको हकदार बनाए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा १९ ओभरमा जितेन्द्र्र मुखियाको खराब बलिङ रह्यो ।… पुरा पढौ

अन्तिम बलमा पुलामीको चौकासँगै चितवनको रोमाञ्चक जित

पोखरा-राजेश पुलामीको अविजित ४३ रनको योगदानमा चितवन टाईगर्सले विराटनगर वारियर्सलाई २ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । ओभरमा १ बलमा १ रन चाहिएको अवस्थामा स्ट्राईकमा रहेका पुलामीले अनिल खरेलको अन्तिम बलमा चौका प्रहार गर्दै जित सुनिश्चित गरे । पुलामीले ३९ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै जित दिलाउँदा भीम सार्की र दिलिप नाथले मध्यक्रममा महत्वपूर्ण योगदान गरे । सार्मीले ३० रन बनाई आउट हुदाँ नाथ भने २३ रनमा पभेलियन फर्किएका थिए । यद्यपी उनीहरुको जोडीले मध्यक्रममा… पुरा पढौ

काठमाडौंको सुखद शुरुवात, विराटनगर सात विकेटले पराजित

पोखरा- रायन बर्लको अविजित ७० रनको महत्वपूर्ण योगदानमा काठमाडौं किङ्सले विराटनगर पेट्रिओट्सलाई सात विकेटले पराजित गर्दै सुखद शुरुवात गरेको छ । विराटनगरले दिएको १५८ रनको मध्यम लक्ष्यलाई काठमाडौंले ३ विकेटको क्षतिमा पुरा गर्ने क्रममा रायन बर्लको उत्कृष्ट इनिङ्स रह्यो । उनको अविजित ७३ रनको योगदानमा काठमाडौंले सहज जित निकाल्यो । शुरुवातमै दुई व्याटरलाई रनआउटको शिकार बनाउँदै विकेट लिएपछि दबावमा परेको काठमाडौंलाई सम्हाल्ने काम भने ओपनर रहमुल्लाह गुर्बजले गरे । उनले ३६ बल खेल्दै ५९ रन जोड्दै अर्धशतकीय पारी खेले ।… पुरा पढौ

काठमाडौंलाई ललितपुरको १५८ रनको चुनौति

पोखरा-चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार उदघाटन खेलमा ललितपुरका पवन सर्राफले अर्धशतकीय पारी खेल्दै काठमाडौं किग्स ११ लाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानी बलर सहिद अफ्रिदीको बललाई राम्ररी रिड गर्दै सर्राफले एक छक्का र एक चौका प्रहार गर्दै अर्धशतकीय पारी खेलेपछि ललितपुरले८ विकेटको क्षतिमा काठमाडौंलाई १५७ रन बनाउँदै मध्यम लक्ष्य दिएको थियो । कप्तान कुशल भुर्तेल जितेन्द्र मुखियाको बलमा आउटभएपछि ललितपुरलाई पहिलो झट्का लागेको थियो । मुखियाको पहिलो बलमै भुर्तेल गोल्डेन डक हुदैं… पुरा पढौ

विदेशी खेलाडी किन्नुस खर्च मन्त्रालयले व्यर्होछ–मन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी आहा गोल्डकपको लागि सहारा क्लबलाई दुई विदेशी खेलाडीको खर्च मन्त्रालयले व्यहोर्ने बताएका छन् । विगतमा वर्षमा गण्डकी प्रदेशले सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्डकपको आर्थिक सहयोग गरेपनि यो वर्ष भने विदेशी खेलाडी किन्न खर्च गर्ने मन्त्री गुरुङको उदघोष रह्यो । ‘गोल्डकपलाई सपोर्ट गर्छौ । गोल्डकपमा चार जना विदेशी खेलाडी राख्न पाईन्छ । चार जनामा दुई विदेशी खेलाडीको खर्च मन्त्रालयले व्यहोर्छौ ।’ मन्त्री गुरुङले बुधबार पोखरा रंगशालामा आयोजित सहारा क्लबको… पुरा पढौ

क्यासलको हस्पिटल पार्टनरमा दीप हस्पिटल

पोखरा-नेशनल फुटसल लिगमा प्रतिस्पर्धा गर्ने पोखरेली टोली स्पोर्टस् क्यासललाई हस्पिटल पार्टनरको रुपमा दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पोखरा रङ्गशालामा आगामी असोज २ देखि २२ गते सम्म सञ्चालन हुने लिग अवधिभर खेलाडीहरुलाई आवश्यक स्वास्थ्य सम्बन्धि सबै सेवाहरु उपलब्ध गराईने अस्पतालका सञ्चालक अर्जुन गुरुङले बताए । उनले क्यासल टिमलाई व्यवस्थापनका लागि नगद रु ५० हजार समेत सहयोग गरेको बताए । ‘५० हजार त सानो रकम मात्रै हो, उनले भने, ‘हामीले आगामी दिनमा समेत क्यासलसँग सकरात्मक र रचनात्मक… पुरा पढौ

मुस्ताङलाई एडभेन्चर स्पोर्टस ‘हब’ बनाउन छलफल

पोखरा-उपल्लो मुस्ताङलाई साहसिक खेल पर्यटनको ‘हब’ बनाउन प्रारम्भिक छलफल शुरु गरिएको छ । पर्वतीय खेलकुद महासंघको सक्रियतामा मुस्ताङको उपल्लो क्षेत्र लोमान्थामा अल्ट्रा रनिङ, साईक्लिङ, रक क्लाईम्बिङ, मोटर स्पोर्टस, बिच गेम, गल्फ/मिनि गल्फ, ओरियन्टेरिङ, घोडा दौड, र्आचरी, बोटिङ÷¥याफ्टिङ, दुवाथोलन÷ट्रायथोलन र स्केटिङ तथा स्नो बोर्डिङ जस्ता साहसिक खेल खेलाउन सकिने औल्याउँदै साहसिक पर्यटनको हब बनाउनुपर्ने सुझाव पेश गरेको छ । छलफलकै क्रममा पहिलो चरणमा गल्फ क्लब स्थापना गर्ने गरी योजना अघि बढाइएको छ । ‘नेचर, एडभेन्चर र कल्चरको अलौकिक अकल्पनीय जिल्ला हो… पुरा पढौ

इपिएलको ट्रफी सार्वजनिक

काठमाडौं-लामो समयको प्रतिक्षापछि एभरेष्ट प्रिमियर लिग(ईपीएल)को तयारी शुरु गरिएको छ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सोमबार ट्रफी आज सार्वजनिक गरिएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादान बजाज पल्सरले मुख्य प्रायोजन गर्ने गरेको छ । आयोजक एभरेष्ट प्रिमियर लिग (इपिएल) ले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर विजयी टोलीलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेको हो । इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे । सोही… पुरा पढौ