कर्पोरेट

पोखरा म्याराथनको पुरस्कार राशी शतप्रतिशत बृद्धि

पोखरा-नेपाल भुतपुर्व खेलाडी मञ्चले लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रालिसँग तीन वर्ष सम्झौता नविकरण गर्दै पोखरा म्याराथनको पुरस्कार राशीमा बृद्धि गरेको छ । सुजल डेरी प्रालिको उत्पादन सफल दूधले तेस्रो पटक सम्झौता नविकरण गर्दै वि.स.२०८० सालसम्म साथ दिने छ । प्रालिसँग नयाँ सम्झौता गरेपछि नेपाल भुतपुर्व खेलाडी मञ्चले १६ औं सस्ँकरणको पुरस्कार राशीमा शतप्रतिशत बृद्धि गरेको छ । सम्झौता अनुसार प्रालिले मञ्चलाई वार्षिक ७ लाख रुपैयाँ दिने छ । प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठका अनुसार खेल पर्यटन प्रवद्र्धनमा मञ्चमा सहकार्य… पुरा पढौ

मञ्च र सुजल डेरी प्रालि बीच भोलि तीन वर्षे सम्झौता हुदैं

पोखरा-सुजल डेरी प्रालिको उत्पादन सफल दूधले नेपाल भुतपुर्व खेलाडी मञ्चसँगको सम्झौतालाई नविकरण गर्दै छ । सफल दूधले मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तराष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजन गर्दै आएको छ । प्रालिले पोखरा म्याराथनसँग यसअघि दुई पटक गरेर ६ वर्षसम्म मुख्य प्रायोजन गर्दै आएको थियो । ‘अब हामी भुतपुर्व खेलाडी मञ्चसँग तीन वर्ष सम्झौंता गरेर अगाडि बढ्छौं ।’ सुजल डेरी प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले भने–‘तीन वर्षे सम्झौतालाई निरन्तरता दिएका हौं ।’ पोखराको खेलकुद प्रवद्र्धन सुजल डेरी प्रालिले महत्वपूर्ण भूमिका खेल्दै… पुरा पढौ

मट्टिखानलाई चौथो अभियानकप

पोखरा- चौथो अभियान कप भलिबल प्रतियोगिता मट्टिखान युवा क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा टप्सलाई ३–१ को सेटमा हराउँदै उपाधी जितेको हो । उपाधीसंगै मटिट्टखानले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेतामा सिमित पोखरा टप्सले २५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । अभियान युथ क्लबको आयोजनामा पोखरा ५ मालेमाटन स्थित बाराही खेल मैदानमा भएको फाइनल खेलमा मट्टिखानले पोखरा टप्सलाई २५–२१,२१–२५,२५–१५ र… पुरा पढौ

मिडिया टिम सोझो सेटमा पराजित

पोखरा- पोखरा ५ मालेपाटन स्थित बाराही खेल मैदानमा जारी चौथो अभियान कप भलिबल प्रतियोगितामा शुक्रवार मिडिया टिम पोखरालाई सोझो सेटमा पराजित गरेको छ । अभियान युथ क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले मिडिया टिम पोखरालाई सोझो सेटमा हराएको छ । शान्ताले २५–१३, २५–२२ र २५–१२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेलमा मट्टिखान युवा क्लबले जागृती युथ क्लबलाई ३–१ को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । मट्टिखानले… पुरा पढौ

चौथो अभियानकप भलिबल प्रतियोगिता सुरु

पोखरा- अभियान युवा क्लवको आयोजनामा बिहीवारदेखि चौथो अभियान भलिबल प्रतियोगिता शुरु भएको छ । पोखरा ५ मालेपाटन बाराही माध्यामिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले वियन्का कृषि फार्मलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेट २५–७ को फराकिलो अंकले शान्ताले जितेपनि दोस्रो सेटमा भने कृषि फार्मले केहि सुधारिएको खेल देखायो । तर, शान्ता भलिबल टे«निङले दोस्रो सेटपनि आफ्नो पक्षमा पार्न सफल रह्यो । शान्ताले दोस्रो सेट २५–२३ तथा तेस्रो सेटमा २५–१८ को जित… पुरा पढौ

भेट्रान्स मेयरकपमा सहभागि पोखरेली टिमलाई बरपिपलको जर्सी सहयोग

पोखरा- मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि हुने पखरा–११ भेट्रान्स टिमलाई बरपिपल रिसोर्टले जर्सी सहयोग गरेको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा काठमाडौँमा हुन लागेको लिगका लागि पोखरा महानगरको भेट्रान्स टिमलाई बरपिपल रिसोर्टले २० थान जर्सी सहयोग गरेको हो । आइतबार पोखरा रंगशाला फुटबल मैदानमा रिसोर्टका संचालक जितु गुरुङले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई जर्सी हस्तान्तरण गरेका हुन् । असोज ६ गतेदेखि १६ गतेसम्म संचालन हुन लागेको लिगमा १६ खेलाडी सहित पोखरा भेट्रान्सले सहभागिता जनाउन लागेको टिम संयोजक… पुरा पढौ

६ गतेदेखि काठमाडौंमा मेयरकप भेट्रान्स फुटबल प्रतियोगिता

पोखरा-फुटबलर्स मिसन टुगेदर्सले मेयरकप भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा यही कार्तिक ६ गतेदेखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा ४० वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धा हुने छ । २१ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । तीन खेलाडी ३५ वर्ष मुनिका खेलाडीलाई समावेश गर्न पाईने प्रावधान छ । उदघाटन खेल नेपाल आर्मीको भेट्रान्स टोलीले फुटबल फेलोसिपसँग प्रतिस्पर्धा गर्ने छ । आयोजकले जनाकारी दिए अनुसार समूह एमा नेपाल आर्मीको भेट्रान्स, फुटबल फेलोसिप र… पुरा पढौ

ए डिभिजन फुटसल लिगको उपाधी क्यासललाई

पोखरा– राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधी स्पोट्र्स क्यासल पोखराले जितेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा काठमाण्डौँको शंखमुल फुटसललाई ४–२ गोलले पराजित गर्दै क्यासलले उपाधी घरमै रक्षा गर्यो । उपाधीसंगै क्यासलले नगद १० लाख रुपैँयाको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता शंखमुलले ५ लाख रुपैँया प्राप्त ग¥यो । क्यासलले खेलको छैटौँ मिनेटमा विजय गुरुङको गोलमा अग्रता लिएको थियो । शंखमुलका लक्ष्मण थापा मगरले ११ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको २०… पुरा पढौ

पोखराको प्ले अफको सम्भावना, विराटनगर बाहिरियो

पोखरा-पोखरा राईनोजसँग पराजित भएसँगै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ पोखरा भने प्ले अफको सम्भावनालाई बलियो बनाएको छ । विराटनगरलाई शनिबार किर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सात विकेटले पराजित गरेसँगै पोखरा प्ले अफको सम्भावना जिवितै राख्दा करण केसीको कप्तानीमा रहेको विराटनगर भने बाहिरिने पहिलो टोली बनेको छ । टियु क्रिकेट मैदानमा विराटनगरले पोखरालाई बलियो लक्ष्य दिएको थियो । १ सय ७३ रनको लक्ष्यलाई पुरा गर्न पोखरा भने तीन विकेटको क्षतिमा पोखराले १७ ओभर ४ बलमा खर्चिएको थियो ।… पुरा पढौ

ग्रेट हिमालय क्रिकेट एकेडेमी क्रिकेट खेल्न दिल्ली प्रस्थान

पोखरा-ग्रेट हिमालय क्रिकेट एकेडेमी दिल्ली गुडगाँउस्थित एपी क्रिकेट एकेडेमीसँग एकदिवसीय तथा टी-२० मैत्रीपूर्ण खेल खेल्न प्रस्थान गरेको छ । हिमालय क्रिकेट एकेडेमीले ३ देखि १० तारिखसम्म ५० ओभरको दुई खेल र दुई खेल टी-२० खेल्ने छ । टोलीमा आयुष कुमार झा, आर्जन सिम्खडा, सदित्य बन्जरा, विकेश श्रेष्ठ, परिष्कृत ढकाल, अनुरोध पन्त, इशान श्रेष्ठ, क्रिश कार्की, सन्दीप पगेनी, चन्दन राम, प्रवन्जय केसी, गौरव गजुरेल, सौगात दगांल, समीरराज पाण्डे र व्यवस्थापक सुरज केसी रहेका छन् । एकेडेमीलाई मनिन्द्र संहले विशेष प्रशिक्षण समेत… पुरा पढौ