कर्पोरेट

क्यासलको हस्पिटल पार्टनरमा दीप हस्पिटल

पोखरा-नेशनल फुटसल लिगमा प्रतिस्पर्धा गर्ने पोखरेली टोली स्पोर्टस् क्यासललाई हस्पिटल पार्टनरको रुपमा दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पोखरा रङ्गशालामा आगामी असोज २ देखि २२ गते सम्म सञ्चालन हुने लिग अवधिभर खेलाडीहरुलाई आवश्यक स्वास्थ्य सम्बन्धि सबै सेवाहरु उपलब्ध गराईने अस्पतालका सञ्चालक अर्जुन गुरुङले बताए । उनले क्यासल टिमलाई व्यवस्थापनका लागि नगद रु ५० हजार समेत सहयोग गरेको बताए । ‘५० हजार त सानो रकम मात्रै हो, उनले भने, ‘हामीले आगामी दिनमा समेत क्यासलसँग सकरात्मक र रचनात्मक… पुरा पढौ

मुस्ताङलाई एडभेन्चर स्पोर्टस ‘हब’ बनाउन छलफल

पोखरा-उपल्लो मुस्ताङलाई साहसिक खेल पर्यटनको ‘हब’ बनाउन प्रारम्भिक छलफल शुरु गरिएको छ । पर्वतीय खेलकुद महासंघको सक्रियतामा मुस्ताङको उपल्लो क्षेत्र लोमान्थामा अल्ट्रा रनिङ, साईक्लिङ, रक क्लाईम्बिङ, मोटर स्पोर्टस, बिच गेम, गल्फ/मिनि गल्फ, ओरियन्टेरिङ, घोडा दौड, र्आचरी, बोटिङ÷¥याफ्टिङ, दुवाथोलन÷ट्रायथोलन र स्केटिङ तथा स्नो बोर्डिङ जस्ता साहसिक खेल खेलाउन सकिने औल्याउँदै साहसिक पर्यटनको हब बनाउनुपर्ने सुझाव पेश गरेको छ । छलफलकै क्रममा पहिलो चरणमा गल्फ क्लब स्थापना गर्ने गरी योजना अघि बढाइएको छ । ‘नेचर, एडभेन्चर र कल्चरको अलौकिक अकल्पनीय जिल्ला हो… पुरा पढौ

इपिएलको ट्रफी सार्वजनिक

काठमाडौं-लामो समयको प्रतिक्षापछि एभरेष्ट प्रिमियर लिग(ईपीएल)को तयारी शुरु गरिएको छ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सोमबार ट्रफी आज सार्वजनिक गरिएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादान बजाज पल्सरले मुख्य प्रायोजन गर्ने गरेको छ । आयोजक एभरेष्ट प्रिमियर लिग (इपिएल) ले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर विजयी टोलीलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेको हो । इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे । सोही… पुरा पढौ

खेलकुद प्रतियोगितालाई १ करोड ५५ लाख

पोखरा-महानगरपालिका उपमेयर मन्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८÷०७९ को लागि ६ अर्ब २७ करोड ७५ लाखको आय व्ययको विवरण पेश गरिन् । पेश गरिएको आय व्यय विवरण अनुसार पोखरा महानगरपालिकाले पोखरामा आयोजना हुने खेलकुद प्रतियोगिताको लागि १ करोड ५५ लाख रुपैया बजेट छुट्टाएको छ । गतवर्ष समेत खेलकुद प्रतियोगितालाई छुट्टाइएको कतिपय बजेट भने कोभिड–१९ कै कारण रोकिएको थियो । महानगरपालिकाले पोखरामै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्बोधन गरेर बजेट छुट्टाइएको छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ फागुन २० देखि… पुरा पढौ

धनगढीसँग चितवन पराजित

काठमाडौ- दोस्रो हाफमा सम्हालिएको खेल प्रदर्शन गर्न नसक्दा धनगढी फुटबल क्लबसँग एफसी चितवन राजधानीमा जारी खुकुरी नेपाल सुपर लिगमा पराजित भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा धनगढीसँग ३–० ले पराजित भएको हो । पहिलो हाफमा दबाब दिएर खेले पनि दोस्रो हाफमा सम्हालिएको खेल देखाउन नसक्दा चितवनले नतिजा सुम्पिन बाध्य भएको हो । पहिलो हाफमा चितवनले गरेका केही प्रयास गोलपोस्टको बारमा लागेर फर्किएका थिए भने धनगढीका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए । तर दोस्रो… पुरा पढौ

उत्कृष्ट खेलाडी थापालाई स्कुटर हस्तान्तरण

पोखरा-गत चैतमा सम्पन्न १९ औं सस्करणको आहा रारा गोल्डकपका सर्वोत्कृष्ठ खेलाडी राजाबावु थापालाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ । गोल्डकपमा संकटाका गोलकिपर थापा उत्कृष्ट घोषित हुदैं स्कुटर प्राप्त गरेका थिए । स्कुटर सोमबार मात्रै हस्तान्तरण गरिएको हो । सिताज लाईफस्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले सर्वोत्कृष्ट खेलाडी घोषित थापालाई स्कुटर हस्तान्तरण गरेका हुन् । अप्रिलाले गोल्डकपको लागि सर्वोत्कृष्ट खेलाडीको प्रायोजन गर्दै स्कुटर प्रदान घोषणा गरेको थियो । अफ्रिकन रुट्स एशोसियसनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै संकटाले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि… पुरा पढौ

पोखरा क्रिकेट क्लबलाई प्रो–३५ वुमन्स क्रिकेट सिरिज

पोखरा-काठमाडौको अल्फा क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गर्दै पोखरा क्रिकेट क्लबले दुईखेलको श्रृंखला क्लिन स्वीप गरेको छ । प्रो–३५ वुमन्स दुईखेलको श्रृखला अन्तर्गत शनिबार दोस्रो खेलमा पोखरा क्रिकेट क्लबले भ्रमणकारी टोलीलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन ट्रफी रक्षा गर्यो । काठमाडौंले टस जितेर व्याटिङमा उत्रियो । ३५ ओभरको खेलमा २२ ओभरमा सबै विकेट गुमाउँदै काठमाडौंको टोलीले ७६ रनको सामान्य लक्ष्य तयार पार्यो । कन्चन श्रेष्ठले सर्वाधिक २९ रनको योगदान दिईन् । हेलिसा गुरुङले १२ र अस्मिना कर्मचार्यको नाममा १० रन… पुरा पढौ

पोखरा क्रिकेट क्लबको १–० को अग्रता

पोखरा-प्रो ३५ वुमन्स मैत्रीपूर्ण दुई दिवसीय सिरिजमा पोखरा क्रिकेट क्लबले १(० ले अग्रता लिने क्रममा शुक्रबार पाहुना टोली अल्फा क्रिकेट एकेडेमीलाई २२ रनले पराजित गरेको छ ।मैत्रीपूर्ण सिरिजको दोस्रो खेल शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा हुने छ । पोखरा क्रिकेट क्लबको आयोजना तथा वाईनकिङको मुख्य प्रायोजनमा आयोजित प्रो–३५ वुमन्स क्रिकेट प्रतियोगितामा घरेलु टोलीले टस जितेर व्याटिङ गर्ने क्रममा सात विकेटको क्षतिमा १७० रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । कविता कुँवरले अर्धशतकीय पारी खेल्दै गतिलो शुरुवात गरिन् । उनले ६८… पुरा पढौ

वालिङका मेयर खाँड प्रथम

पोखरा-नयाँवर्षको अवसरमा पोखरामा आयोजना गरिएको ‘मेयर साइकल दौड प्रतियोगिता’ मा वालिङ नगरपालिका प्रमुख दिलिपविक्रम खाँड प्रथम भएका छन् । उनले ४ किलोमिटरको दुरीलाई १५ मिनेट ३१.५३ सेकेण्डमा पुरा गर्दै प्रथम पुरस्कार जित्न सफल भए । पोखरा–६ हल्लनचोकबाट शुरु भएको साईकल दौड पोखरा सभागृहमा आएर टुंगिएको थियो । हुम्ला नाम्खा गाँउपालिकाका अध्यक्ष विष्णुबहादुर लामा दोस्रो भए । उनले १५ मिनेट ३८.८८ सेकेण्डको समयमा पुरा गर्दै दोस्रो भए । तेस्रो स्थानमा भने कास्की माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ रहे । उनले १६… पुरा पढौ

नेपाल सुपर लिगसँग जोडियो खुकुरी

काठमाडाैं, चैत २६ । पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगसँग मुख्य प्रायोजकका रूपमा नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजक सम्झौता गरेको छ । राजधानीमा भएको एक कार्यक्रममा नेपाल स्पोर्ट्स म्यानेजमेन्टले नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको हो । सम्झौता पछि अब प्रतियोगिताको नाम खुकुरी एनएसएल हुनेछ । सात टिमको फ्रेन्चाइज फुटबल प्रतियोगिता अर्को महिना दशरथ रंगशालामा एनएसल हुँदै छ । मुख्य प्रायोजकको अनुबन्धमा प्रतियोगिताको आयोजकका प्रमुख आश्रयता चौधरी कार्की र नेपाल डिस्टिलरिजका लागि इभेन्ट्स म्यानेजर श्रीदा… पुरा पढौ