राखेप

दशौं राष्ट्रिय खेलकुद तयारी गर्न साढे तीन करोड बजेट माग

पोखरा-अर्को वर्षको मंसिरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेत रंगशालामा हुदैै छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्ने जनाउँदै गण्डकी प्रदेश खेलकुद परिषदले आवश्यक बजेट माग गर्ने निर्णय गरेको छ । प्रदेशले मन्त्रालयसँग ३ करोड ६० लाख रुपैयाँ माग गर्ने समेत प्रदेश खेलकुद परिषदको बोर्ड बैठकले निर्णय गरेको छ । बैठकले बाग्मती प्रदेश खेलकुद विकास बोर्डद्धारा आगामी फागुन २४–३० गते सम्म आयोजित अन्तर प्रदेश राष्ट्रिय खेलकुद–२०८० मा गण्डकी प्रदेशले सबै खेलका विधामा सहभागिता जनाउने निर्णय गर्दै उक्त… पुरा पढौ

रुपा गाँउपालिकाको विजयी शुरुवात

पोखरा-माछापुच्छ्रे गाँउपालिकालाई सोझो सेटमा पराजित गर्दै रुपा गाँउपालिकाले दोस्रो माछापुच्छ«े गाँउपालिका अध्यक्ष कप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ। माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना सञ्चालित प्रतियोगितामा रुपा गाँउपालिकाले माछापुच्छ्रेगाँउपालिका रातोलाई २८–२६, २२–२५, २६–२४, २५–१८ को सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको हो । माछापुच्छ्रे –३, घाचोक मेधराज मा.विको प्राङ्गणमा प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगिता बेष्ट फाईभमा खेलाईएको छ ।नेपालको राष्ट्रिय खेल प्रवद्र्धन गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने… पुरा पढौ

प्रदेशद्वारा प्रशिक्षक, रेफ्रि र खेलाडीहरुको विमा, औषधपचार छात्रवृत्तिको प्रस्ताव

पोखरा- प्रदेश खेलकुद परिषद गण्डकीको कार्यकारी समितिले प्रदेशमा सूचीकृत भएका प्रशिक्षक, रेफ्रि र खेलाडीहरुको विमा, औषधपचार र छात्रवृत्तिको प्रस्ताव गरेको छ । परिषदको समेबार बसेको कार्यकारी समितिको बैठकले उक्त प्रस्ताव गरिएको सदस्य सचिव श्रीधर शर्माले जनाएका हुन् । सदस्य सचिव शर्माका अनुसार परिषदको आह्वानमा सुचिकृत भएका ११ वटै जिल्लाका ५ सय ९४ जना प्रशिक्षक र रेफ्रिहरुको आकष्मिक विमा गर्ने निर्णय गरेको जानकारी दिंदै खेलाडीहरुको समेत आकष्मिक विमा र छात्रवृत्तिको व्यवस्था गर्ने कार्य प्रस्ताव अघि बढाएका हुन् । बैठकको निर्णयका बारेमा… पुरा पढौ

फागुन दोस्रो साता नवलपुरमा प्रदेश राष्ट्रपति रनिङशिल्ड

पोखरा-गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डको मिति सरेको छ । आगामी फागुनको दोस्रो साता आयोजना गर्ने प्रदेश खेलकुद परिषद गण्डकीले निर्णय गरेको छ । निर्णय अनुसार प्रतियोगिता फागुन १० देखि १२ गतेसम्म हुने छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस अघि गत कार्तिक १५ गतेको बैठकले प्रतियोगिता यहि पौष २६ देखि २८ गते सम्म गर्ने निर्णय गरेको थियो । प्राविधिक कारणले… पुरा पढौ

पर्वत भलिबल क्लबलाई पोखरा कप क्लबस्तरीय भलिबलको उपाधि

पोखरा-पोखरा महानगर भलिबल संघद्वारा आयोजित ‘पोखरा कप अन्तर क्लबस्तरीय भलिबल’ प्रतियोगिताको उपाधि पर्वत भलिबल क्लबले जितेको छ । सडक महोत्सवको अवसरमा पोखराको बसुन्धरा पार्कस्थित भलिबल कोर्टमा भएको प्रतिस्पर्धा टफ गोर्खा टिमलाई पराजित गर्दै उपाधि उचाल्यो । पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो । विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी प्राप्त गर्यो । उपविजेता टफ गोर्खा ट्रेनिङ सेन्टरको टिमलाई ७७ हजार सात सय ७७ रुपैया नगद पुरस्कार प्राप्त गर्यो… पुरा पढौ

समितिको प्रतिवेशनपछि पोखरा रंगशाला बाहेकका पूर्वाधारको भोगाधिकार टुंगिने

पोखरा-राष्ट्रिय खेलकुद परिषद(राखेप)ले गण्डकी प्रदेशभित्र रहेका खेलकुदका भौतिक पूर्वाधारको अध्ययन निरिक्षण गर्न आवश्यक कार्यदल गठन गरेको छ । गठित कार्यदलले प्रदेशभित्रका खेलकुदका सम्पूर्ण भौतिक पूर्वाधारको अवस्थासहित अध्ययन गरेर रिपोर्ट तयार गर्ने छ ।जिल्लामा रहेका भौतिक पूर्वाधारलाई बर्गिकरण गरेर परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र स्थानीय सरकारसँग छलफल गरेर निचोड निकाल्ने छ । कार्यदलले खेलकुदसँग सरोकार पक्षसँग समन्वय र सम्वाद गरी २१ दिनभित्रमा प्रतिवेदन पेश गर्नुपर्ने राष्ट्रिय खेलकुद परिषदको पत्रमा उल्लेख छ । परिषदले त्यसको जिम्मेवारी बोर्ड सदस्य राजेश गुरुङको संयोजकत्वमा… पुरा पढौ

छब्बिसौं एनएसए कप पौडी बुधबार

काठमाडौं-नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा २६ औं एनएसए ९नेपाल पौडी संघ० कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार र बिहिबार हुने भएको छ । सातदोवाटोस्थित बातानुकुलित (हिटिङ्ग) पौडी पोखरीमा आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुल्ला गरि कुल ५१ विधामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् । उमेर समूह अन्तरगत १० बर्ष मूनी, १२ बर्ष मूनी, १४ बर्ष मूनी र १७ बर्ष मुनीको ५० मिटर फ्रिस्टायल, ब्याक स्ट्रोक, बटरफ्लाई र ब्रेष्ट… पुरा पढौ

बजेट र प्रशिक्षक अभावले प्रशिक्षण प्रभावित

पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एक वर्ष बाँकी छ । वर्षदिन बाँकी छदाँ नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशको दशौं तयारी भने शून्यमा छ । गण्डकी प्रदेशलाई नवौंको साख जोगाउनुपर्ने दायित्व छ । साख जोगाउन आवश्यक तयारी गर्नुपर्ने भएपनि गण्डकीको तयारी धिमा छ । पूर्वाधार छन् । पूर्वाधार भएपनि प्रशिक्षण गराउने प्रशिक्षक छैनन् । स्वयंसेवक प्रशिक्षकको भरमा राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउनुपर्ने बाध्यता गण्डकी प्रदेशको नियति दोहोरिने सम्भावना छ । जिल्ला खेलकुद विकास समिति कास्कीसँग दरबन्दीका प्रशिक्षक छैनन् । प्रदेश खेलकुद… पुरा पढौ

गण्डकी खेलकुद परिषदद्वारा ‘एक पालिका एक खेलमैदान’ प्रस्ताव आह्वान

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले एक पालिका एक खेलमैदान निर्माण गर्न आवश्यक प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्रदेशका ८५ पालिकालाई लक्षित गर्दै परिषदले गतसाता मात्रै सार्वजनिक सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो । प्रस्तावको लागि मंसिर १७ गतेसम्मको म्याद रहेको परिषदले जनाएको छ । प्रदेश सरकारको एक पालिका एक खेल मैदान निर्माण योजना अनुसार नै प्रस्ताव आह्वान गरिएको परिषदले जनाएको छ । प्रदेश सरकार गठनसँगै प्रत्येक पालिकामा खेलमैदान बनाउनुपर्ने भन्दै योजना अघि सारिएको थियो । ‘एक पालिका एक खेल… पुरा पढौ

प्रदेश परिषदद्वारा ‘गण्डकी खेलकुद पदक’ स्थापना तथा सञ्चालन कार्यविधि पास

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले ‘गण्डकी खेलकुद पदक’ प्रदान गर्न आवश्यक कार्यविधि २०८०लाई पास गरेको छ । कार्यविधि पास गरेसँगै पदक प्रदान गर्ने र सञ्चालन गर्ने विषयलाई अनुमोदनको लागि प्रदेश मन्त्रीपरिषद पठाइने छ । कार्तिकभित्रमा कार्यविधिलाई प्रदेशको क्याविनेटले पास गरेपछि कार्यान्वयनमा आउने प्रदेश खेलकुद परिषदले जनाएको छ । प्रदेशले गण्डकी खेलकुद पदक प्रदान गर्ने निर्णय गरेपनि कहिलेसम्मका खेलाडीलाई पदक वितरण गर्ने भन्ने ठोस निर्णय भने गरिसकेको छैन् । ‘नयाँ र पुराना खेलाडीलाई गण्डकी खेलकुद पदक प्रदान गरिने छ’ प्रदेश खेलकुद परिषदका… पुरा पढौ