राखेप

पोखरामा प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता

पोखरा-यही फागुनको ५ र ६ गते पोखरा रंगशाला आर्चरी मैदानमा गण्डकी प्रदेशस्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता हुने छ । दोस्रो संस्करणको प्रतियोगितामा रिकर्भ विधालाई समावेश गरिएको छ । गतवर्ष आर्चरीको ३० मीटर स्टाडण्र्ड विधामा मात्रै प्रतिस्पर्धा गराईएको थियो । नेपाल आर्चरी संघको प्राविधिक सहयोग एवं गण्डकी प्रदेश खेलुकद परिषदको आयोजनामा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट आर्चरी खेलाडीले प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्टाडण्र्ड तर्फ(३० मिटर)का पदक विजेता खेलाडीहरुले भने सोही विधामा प्रतिस्पर्धा गर्न पाउने छैनन्… पुरा पढौ

प्रतियोगिता आयोजना गर्न प्रदेश खेलकुद परिषदद्वारा बजेट विनियोजन

पोखरा-प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्न गण्डकी खेलकुद परिषदले आवश्यक बजेट छुट्टाएको छ । केही खेल सम्पन्न भईसकेको छ । केही खेल भने आयोजनाका संघारमा छन् । प्रदेश खेलकुद परिषद गण्डकीले राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको विभिन्न ३५ खेलको लागि बजेट छुट्टाइएको परिषदका उपाध्यक्ष ध्वजकुमाजर गुरुङले बताए । ‘बजेट छुट्टाएपनि प्रदेश र संघका निर्वाचनले आचार संहिता लाग्यो’ उनले भने–‘प्रदेशमा मन्त्रीमण्डल बनेपछि छुट्टाएको खेलकुद बजेटेले धमाधम प्रतियोगिता आयोजना गर्ने तयारी छ।’ परिषदले प्रदेशस्तरीय फुटबल तथा क्रिकेट प्रतियोगिताको लागि १०÷१० लाख रुपैयाँ उपलब्ध… पुरा पढौ

प्रिन्स र रसिलालाई प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि

पोखरा-युवा खेलाडी प्रिन्स दाहालले पोखरामा आयोजित प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । महिला तर्फका उपाधि भने आर्मीकी रशिला महर्जनले जितिन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला व्याडमिन्टन संघको व्यवस्थापनमा आयोजित प्रतियोगितामा पुरुष तर्फको फाईनलमा दाहालले त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जनलाई १९–२१, २१—१२ र २१—१४ को सेटमा पराजित गरी उपाधि जितेका हुन्। उनले एकलसँगै मिक्स डवल र पुरुष डवल तर्फको विधामा समेत स्वर्ण पदक जितेका छन् । महिला तर्फ भोजपुरकी नङसाल तामाङलाई २४–२२ र २१–१३… पुरा पढौ

नवौंका पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई नगदसहित सम्मान

पोखरा-पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पदक विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदले नगदसहित आईतबार सम्मान गरेको छ । गएको असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ऐतिहासिक नजिता ल्याउने क्रममा ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो । प्रतियोगितामा एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिएको छ । त्यसै टिमतर्फ स्वर्ण पदक… पुरा पढौ

स्वर्ण पदक विजेता खेलाडीलाई १८ हजार रुपैयाँ नगदसहित सम्मान

पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । आईतबार पोखरा रंगशालामा विशेष कार्यक्रम मार्फत सम्मान गरिने छ । गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो । प्रतियोगितामा एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिने छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई… पुरा पढौ

नवौंमा पदक विजेता खेलाडीलाई परिषदले सम्मान गर्ने

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषदले सम्मान गर्ने निर्णय गरेको छ । परिषदले आगामी मंसिर १८ गते आईतबार पदक विजेता खेलाडीलाई सम्मान गरिने परिषदका सदस्य सचिव घनश्याम पौडेलले जनाए । प्रदेश खेलकुदका सदस्य सचिव पौडेलका अनुसार खेलाडीसंगै, खेल प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई समेत नगद सहित सम्मान गरिने छ । गएको असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५८… पुरा पढौ

सदस्य सचिव र नेपाल स्पोर्टस संघका पदाधिकारी विच भेटबार्ता

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल ईस्पोर्टस् संघका पदाधिकारीविच आज बुधबार राष्ट्रिय खेलकुद परिषद्मा भेटवार्ता भएको छ । संघका अध्यक्ष सुरज डङ्गोलको नेतृत्वमा भएको भेटघाटमा मित्र राष्ट्र चीनमा आयोजना हुने १९ औं एशियन गेम्समा ईस्पोर्टसको सहभागिताका सम्वन्धमा र आगामी दिनमा परिषद्बाट प्राप्त गर्न सक्ने विविध सहयोगका बारेमा छलफल भएको थियो । सदस्य सचिव घिसिङले ईस्पोर्टसको विकास र विस्तारमा परिषद्ले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने बिश्वास दिलाए । पुरा पढौ

प्रशिक्षणस्थलकै अभावमा महिला हक्कीले दिलाएको सफलता

पोखरा-पेनाल्टीमा हार र जीतको सम्भावना बराबर हुन्छ । पेनाल्टीमा पुग्नु नै कडा प्रतिस्पर्धा हो । महिला हक्कीको उपाधि प्रतिस्पर्धामा पेनाल्टीमा गण्डकी प्रदेश चुक्न पुग्यो । नेपाली सेनालाई कडा चुनौति दिएको गण्डकी पेनाल्टीमा चुक्यो । यद्यपी रजत पदकको इतिहासलाई भने दोहोर्यायो । नेपालगन्ज आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीमा सुदुर पश्चिमसँग पराजित गर्दै उपाधि विमुख भएको महिला हक्कीले नवौंमा रजत पदक जित्दै आफनोस्तरलाई यथावत राख्यो । पोखरा रंगशाला देशकै ठूलो रंगशाला हो । ४१५ रोपनी क्षेत्रफलको रंगशाला अधिकांश खेलका पूर्वाधार… पुरा पढौ

नवौंको समापन,दशौ राष्ट्रिय खेलकुद कर्णालीमा हुने

पोखरा- दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशलाई आयोजनाको जिम्मेवारीसहित राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरिएको छ । खेलकुदका संरक्षक एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बि.सी.लाई बिहीबार पोखरा रंगशालामा राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको जानकारी गराए । परिषद्को ११५ औं बैठकबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गते सम्म कर्णालीमा आयोजना हुने निर्णय गरेको हो ।नवौं राष्ट्रिय… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मी च्याम्पियन, गण्डकी चौथो

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार साँझ अबेर समापन गरियो । नेपाल आर्मी च्याम्पियन बन्यो । पोखरामा भएको राष्ट्रिय खेलकुदको मेलामा आर्मीले १७२ स्वर्ण पदक जित्नै च्याम्पियन बनेको हो । च्याम्पियनसँगै आर्मीले राष्ट्रिय प्रतियोगिताको च्याम्पियनसीप ट्रफी(रनिङ शिल्ड) उचाल्यो । आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ कास्य पदक जित्यो । सातौं र आठौं संस्करणमा समेत च्याम्पियन बनेको थियो । यद्यपी च्याम्पियनसीप ट्रफी भने नवौं संस्करणमा बनाईएको हो । ६४ स्वर्ण ७३ रजत र ८१ कास्य सहित २… पुरा पढौ