राखेप

आर्मी २० स्वर्ण पदक सहित पौडी च्याम्पिएन, दुवानालाई ९ स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भयो । अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीले महिला ४ सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितेकी छन् । उनले… पुरा पढौ

डेब्यु प्रतियोगितामै नेपाल पुलिसलाई स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा डेब्यु गरेको नेपाल पुलिसले महिला क्रिकेटको उपाधि जितेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनलमा नेपाल पुलिसले ५ रनको रोमाञ्चक जित निकाल्दै डेब्युमै स्वर्ण पदक जित्यो । टस जितेर व्याटिङ रोजेको नेपाल पुलिसले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८९ रनको योगफल तयार पार्यो । काजल श्रेष्ठ रनआउटको शिकार हुदैं पभेलियन फर्किदाँ उनको स्कोर २७ रन थियो । ५५ बल खेल्ने क्रममा १ चौका सामेल रह्यो । कविता कुवँरलाई नेरी थापाले बोल्ड गर्दै नेपाल पुलिसमाथि… पुरा पढौ

महिला भलिबलः दुई पुलिसबीच उपाधि प्रतिस्पर्धा

पोखरा,-म्याग्दीको बेनीमा आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिको लागि दुई बीच पुलिस बीच हुने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो सेमिफाईनलमा सशस्त्र प्रहरी बलले बागमती प्रदेशलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा नेपाल पुलिसले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै उपाधि निकट पुगेको हो । सशस्त्र प्रहरी बलले बागमतीलाई २३–२५, २५–२३, २५–२२ र २५–१६ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । यसैगरी दोस्रो सेमिफाईनल खेलमा गण्डकी प्रदेशलाई नेपाल पुलिसले २५–१०, २५–१८ र २५–११ को सेटमा… पुरा पढौ

स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

पोखरा नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ । गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त ग¥यो ।महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पा¥यो । सेनाका सरद बि।क।, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत… पुरा पढौ

गण्डकी र आर्मी स्वर्ण पदकको लागि भिड्ने

पोखरा-महिला हक्कीको स्वर्ण पदकको लागि गण्डकी प्रदेशले नेपाली सेनासँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा भएको पहिलो सेमिफाईनलमा नेपाली सेनाले प्रदेश नं १ लाई ७-० गोल अन्तरले पराजित गर्दै फाईनल सुरक्षित गर्यो । खेलमा सीताकुमारी चौधरीको ह्याट्रिक प्रेरित आर्मीले सहज जित निकाल्यो । नवौं मिनेटमा सीताकुमारी चौधरीको गोलबाट अग्रता लिएको आर्मीले प्रदेश १ माथि दबाव दिदैं एकपछि अर्को गोल थप्यो । १४ औं मिनेटमा अन्जनाचन्द ठकुरीले गोल थपिन् । तेस्रो गोल १६ मिनेटमा सीतामाया… पुरा पढौ

लङ जम्पमा सशस्त्रका देवानको कीर्तिमानी स्वर्ण

पोखरा-सशस्त्र प्रहरी बलका सलिम देवानले लङ जम्पमा कीर्तिमान स्वर्ण जितेका छन् । उनले मंगलबार विहान भएको प्रतिस्पर्धामा ७.०६ मिटर दुरी जम्प गर्दै स्वर्ण जितेका हुन् । एथलेटिक्स अन्तर्गत उनले सन १९९९ मा इस्लामावादमा भएको प्रतिस्पर्धामा कृष्णबहादुर गिरीको ७.० मिटरको जम्पको कीर्तिमानी तोडेका हुन् । पुरा पढौ

जयरानीलाई लङजम्पमा कीर्तिमान स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला लङजम्पमा नेपाली सेनाकी जयरानी थारुले कीर्तिमा सहित स्वर्ण पदक जितेकी छन् । उनले मंगलबार विहान ५.५८ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् । पुरा पढौ

महिला म्थाराथनको उपाधि एपिएफकी विन्द्रलाई

पोखरा- गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत मंगलबार महिला तर्फको म्याराथन (४२.१९५ किलोमिटर) एपिएफकी विन्द्रा धन्के श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदकमा नाम लेखाईन् । पुरा पढौ

गण्डकीका अनिशलाई म्याराथनमा स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले म्याराथनको उपाधि जितेको छ । म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन । उनी भारतीय सेनामा कार्यरत हुन् । नेपाली सेनाका धावक कृष्ण बस्नेत भने रजत पदकमा चित्त बुझाए । उनले २ घण्टा २३ मिनेट १४ सेकेण्डको समय लगाए । तेस्रो स्थानमा सन्तोष विक्रम विष्ट आए । सशस्त्र प्रहरी बलका विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेण्डमा पुरा गरेका थिए । पुरा पढौ

४ सय मिटरमा २ राष्ट्रिय कीर्तिमान

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा २ नयाँ कीर्तिमान कायम भएको छ । पोखरा रंगशालामा मंगलबार बिहान भएको ४ सय मिटर पुरुष महिला दौडमा २ कीर्तिमान बनेका हुन् । पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा पार गर्दै कीर्तिमानसँगै स्वर्ण पदक जितेका हुन् । उनले सन् १९९० मा चीनको वेजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन् । चौधरीले ४८.३२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान कायम गरेका थिए ।सशस्त्र प्रहरी बल एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा… पुरा पढौ